तयार भयो ‘गुरिल्ला पदयात्रा’, आउनोस् एकछिन घुमौं (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

तयार भयो ‘गुरिल्ला पदयात्रा’, आउनोस् एकछिन घुमौं (फोटो फिचरसहित)

-जितेन्द्र भट्टराई

विशाल फाँट । वरीपरी हरीयाली जंगल । सेताम्य हिमालको दृश्य देख्दा कसको मन नरमाउला र ? कुनै समय सरकार- माओवादी द्वन्द्वका कारण प्रख्यात रहेको रुकुम-रोल्पा यतिबेला पर्यटकीय केन्द्र बन्दैछ । सामान्यतया नेपाल आउने पर्यटकहरु अन्नपूर्ण, सगमाथा, लाङटाङ लगायतका सर्किटमा पदयात्रामा जाने गर्छन् । पचासौं बर्षदेखि नेपालले अन्तराष्ट्रिय पर्यटन बजारमा प्रर्बद्धन गरिरहेका यी गन्तब्यले मात्र पर्यटकलाई आर्कषिर्त गर्न नसक्ने अबस्था छ । पर्यटकका लागि नयाँ नयाँ गन्तब्य खोज्ने क्रममा अहिले राज्य तहबाटै पहल भई ‘गुरील्ला पदयात्रा’को रुट तयार पारिएको छ ।

वागलुङ्गको दरवाङ्गबाट सुरु हुने गुरील्ला पदयात्रामा तिन खण्डमा विभाजित छ । सबैभन्दा छोटो पदयात्रा १४ दिनको छ भने सबैभन्दा लामो पदयात्रा २७ दिनको । पदयात्राको क्रममा हिमाल, जँगल, नदी, जनावरसमेत अवलोकन गर्न पाईन्छ । पदयात्रा क्षेत्रमा प्रमुख रुपमा मगरको बाहुल्यता रहेका कारण यो जातीको रहन सहनका साथै मगर सँस्कृतीसमेत अवलोकन गर्न पाईन्छ । पयदयात्रामा धौलागीरी, सिस्ने, अन्नपुर्ण, चुरेन, कुन्था लगाएतका हिमाल हेर्न पाईन्छ भने चार हजार साठी मिटरको फागुने लेक समेत पार गर्नु पर्ने हुन्छ ।

पदयात्राको सबै भन्दा रमाईलो स्थान भनेको फागुने लेक रहेको छ । लेकमा पुग्दा हरियाली फाँटको छेउमा मिलाएर रोपेको रुखहरु र रुखको पछाडी देखीने सेताम्य हिमालले त्यहाँ पुग्ने जो कोहीलाई स्वर्गीय आनन्द महसुस गराउँछ । पदयात्राको क्रममा ढोरपाटन शिकार आरक्षण भएर जानु पर्ने भएकाले नाउर, घोरल, झारल, चितुवा र डाँफे लगाएता जनावर र चरासमेत अवलोकन गर्न पाईन्छ । नयाँ पदमाग भएकाले चाहे जस्तो होटलहरुको सुविधा नभए पनि खान बस्नलाई समस्या छैन ।

पर्यटकहरुको आगमनमा बृद्धि भएमा त्यहाँका स्थानियवासीको आर्थिक अबस्थामा सुधार हुनुका साथै पर्यटन पूर्वाधारहरु पनि बन्दै जानेछन् । एलेन्जो लायन्सले एक बर्ष लगाएर तयार पारेका गुरिल्ला पदमार्गको गाईड बुक र नक्सा केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक गरेका थिए ।

तस्वीरहरु :  जितेन्द्र भट्टराई / एलेन्जो लायन्स

5 Comments on “तयार भयो ‘गुरिल्ला पदयात्रा’, आउनोस् एकछिन घुमौं (फोटो फिचरसहित)”
  • shankar Bashyal wrote on 24 December, 2012, 3:11

    Very nice ! the photo is enough to attract us.

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aasthathapa wrote on 25 December, 2012, 5:46

    yo ni nepal ko sundrata

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shailesh wrote on 12 January, 2013, 15:43

    फोटोको मुनि ठाउँको नाम पनि लेखिदिनुभएको भए साह्रै उत्तम हुने थियो -यतिको अभावमा निकै खल्लो अनुभूति भो ! हिंडिरहेका साथीहरूले त चिन्नु नै होला तर म जस्ता नौला मान्छेलाई निकै गारो | फोटो त हेरियो साह्रै राम्रो पनि लाग्यो तर कुन ठाउँ भन्दा उत्तर छैन !!

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dilip wrote on 19 January, 2013, 8:58

    Darbang Myagdi district ma ho Baglung ma hoina ni.. anywayz nice fotos

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhoj Raj Sunuwar wrote on 31 January, 2013, 2:49

    Really good and enjoyed at a moment before last year in this place, good photos with natural scene.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु