-बाबु बोगटी, गायक तथा नायक
चलचित्र ‘बाटोमुनीको फूल’बाट नेपाली रजतपटमा भित्रिएका नायक बाबु बोगटीको परिचय यतिमा मात्र सीमित छैन । नायक भन्दा पहिला उनी गायक हुन् । सान्नानी तिमीलाई हिर्काउँला लौराले…… बोलको गीत गाएपछि उनको चर्चा गायन क्षेत्रमा अझ चुलीएको हो । ‘पुल्चोक पाटन’ नामक पहिलो एल्बम बजारमा ल्याएका बाबुले यसपछि ‘रिक्वेष्ट’ र ‘रिजल्ट’ गरी ३ एल्बम बजारमा ल्याइसकेका छन् । चलचित्रमा उनले ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई…..’, सायद, आइ.एम.इन.लभ, मेरो भ्यालेन्टाइन र प्रोड्युसरमा अभिनय गर्न भ्याइसकेका छन् । उनै नायक तथा गायक बाबु बोगटीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
गायकबाट नायक बन्नुको कारण ?
म पहिलेदेखि नै सडक नाटक, मोडलिङमा काम गरीरहेको थिएँ । कलाकार बन्ने चाहना भएतापनि पूरा भएको थिएन । पछि मात्र पूरा भएको हो ।
तपाईंलाई के भन्ने गायक कि नायक ?
म गायक नै हो । नायकको रुपमा मलाई अहिले दर्शकहरुले चिनिसक्नु भएको छैन ।
सिनेमामा अभिनय गर्ने रहर कहाँबाट आयो एकाएक ?
सानैदेखिको इच्छालाई पूरा गर्नका लागि म कलाकार भएको हुँ ।
हालसम्म कस्तो सिनेमामा अभिनय गरे जस्तो लाग्छ ?
मैले सबैजसो व्यापारीक सिनेमा नै गरेको छु । तर म समाजमा बिरलै देखिने चरित्रलाई निभाउन चाहन्छु, जुन इच्छा पूरा भएको छैन ।
नायक बाबुले गायक बाबुलाई छायामा पारे जस्तो लाग्दैन ?
केही ओझेलमा परेको छ भन्ने महसुस मैले गरेको छु । किनकी संचारमाध्यममा मलाई गायक भन्दा पनि नायकको रुपमा नै चित्रित गरिएको छ । यसैले पनि मिडियाका लागि म नायक भएको छु ।
प्रदर्शनको क्रममा रहेको आइ एम इन लभ कस्तो सिनेमा हो ?
आइ एम इन लभ एउटा प्रेमकै कथामा आधारित छ । एकतफिर् प्रेम र यसले पार्ने प्रभावका विषयमा सिनेमा केन्दि्रत छ ।
मिठो खानेकुरा के पकाउनुहुन्छ ?
म मासु ज्यादै मिठो पकाउँछु । तर सादा खानेकुरा खान रुचाउँछु ।
एक दिनमा युवती र सेक्सका बारेमा कत्ति सोच्नुहुन्छ ?
हरेक व्यक्तिको एउटा उमेरमा यसको चाहना र सोचाइ धेरै नै हुन्छ । म पनि त्यही व्यक्तिको कोटीमा पर्ने भएकाले साधारण मानिसले जति सोच्छ म पनि सोच्छु ।
कस्ता युवतीले आकर्षण गर्छन् ?
व्यक्तित्व र लुक्स राम्रो भएका युवती नजरमा पर्छन् ।
बाटोमा हिडिरहँदा युवतीको सबैभन्दा पहिला कुन अंगमा आँखा जान्छ ?
हा.हा.हा.कसरी भन्नु । तर एउटा साधारण केटाहरुले जहाँ हेर्छन् मेरो पनि त्यहीँ नै जान्छ ।
नेपालका सेक्सी तीन युवती, जसले तपाईंलाई आकर्षण गर्छन् ?
करिश्मा मानन्धर, सदिक्षा श्रेष्ठ, निशा अधिकारी मलाई साह्रै मन पर्छ ।
कुन सेलिब्रेटीले सेक्स आकर्षण गर्छन् ?
कैटि्रना कैफ देख्ने वित्तिकै आफुमा सेक्सको चाहना पलाएको जस्तो भान हुन्छ । उसको फिगर र हाइट साह्रै राम्रो लाग्छ । फेरि उसले नजानी नजानी हिन्दी बोलेको देख्दा त के भन्ने र …….
मन लागेर पनि गर्न नसकेको केही कुरा ?
मलाई शरीरमा सिक्स प्याक्स निकाल्ने खुबै ठूलो रहर छ । जुन पूरा हुन सकेको छैन । तर एकदिन जसरी पनि म पूरा गरेर नै छोड्छु ।
सिनेमा क्षेत्रमा आफू कुन स्थानमा छु जस्तो लाग्छ ?
मैले कुनै स्थान नै बनाएको छैन । मैले धेरै कुरा र मेरो खुबी देखाउन बाँकी रहेकाले पनि म प्रारम्भिक चरणमा नै छु जस्तो लाग्छ ।
तपाईंले देखाउन खोजेको या गर्न खोजेको कुरा के हो ?
वास्तविक जीवनमा देखिने रोल, समाजमा चित्रित हुन खोज्ने कुनै व्यक्तिको ।
कुन बस्तुको स्पर्शले यौन अनुभुति हुन्छ ?
सधै एउटै बस्तु नै त भन्ने हुँदैन । तर कहिलेकाहीँ टिभि हेर्दा हेर्दै सेक्स गर्न मन लाग्छ त कहिले किताब पढ्दा ।
सेक्स गर्दा कस्तो मौसम होस् भन्ने चाहनुहुन्छ ?
विशेषगरी विदामा जाँदा चिसो मौसममा बसेर सेक्स गर्न मजा आउँछ । यसैले जाडो मौसम नै मझा लाग्छ मलाइ ।
पहिलो प्रेम कहिले लगाउनुभयो ?
बाल्यकालमा नै लगाइयो । विद्यालयमा १० कक्षामा पढ्दा नै प्रेम भएको हो । तर त्यो प्रेम कस्तो थियो मलाई नै अनुभुति छैन । यसपछि भने मैले प्रेम गरेको छैन ।
युवतीलाई आफ्नो बसमा पार्ने क्षमता कत्तिको छ जस्तो लाग्छ ?
म मा त्यो क्षमता छ जस्तो लाग्छ मलाई । किनकी म सबैजसो घुलमिल भएर मजाले बोल्छु, जुन कुराबाट युवतीहरु आकषिर्त भएको पाउँछु । म ५५ सालमा काठमाडौं आउँदा जस्तो थिएँ, आज पनि उस्तै छु ।
मुभी कहिलेसम्म खेल्ने सोच छ ?
जबसम्म सिनेर्मो निर्देशक र पैसा खन्याउने निर्माताले पत्याउनुहुन्छ, म सिनेमा खेली नै रहन्छु ।
अनु शाह सग प्रेम सम्वन्धका कुरा पनि आए नि ?
चलचित्र आइ.एम.इन लभमा अभिनय गर्दा यस्ता कुरा आएका हुन् । तर हामी दुईको जोडी चलचित्रमा सुहाएकाले पनि बजारमा हल्ला चलेको हो । तर उसँग कुनै मेरो चक्कर छैन । उसग डेटिङ जाने, गिफ्ट दिने आजसम्म गरेको छैन ।
पहिलो पटक सेक्स अनुभुती कहिले गर्नु भयो ?
म त्यतिबेला २२ बर्षको थिएँ होला । तर उ मेरो प्रेमीका थिइनन् ।
Short, sweet, to the point, FREE-exactly as infromaoitn should be!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]