समृद्ध मध्यपश्चिमको पर्यटकीय सुन्दरता (फोटो फिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

समृद्ध मध्यपश्चिमको पर्यटकीय सुन्दरता (फोटो फिचर)

भरतबन्धु थापा/अनलाइनखबर

तपाई एकपट मध्यपश्चिमको यात्रामा निस्कनुभयो भने तपाईलाई लाग्ने छ, नेपाल साँच्चिकै स्वर्गको एउटा मनोरम टुक्रा हो । देशकै ठूलो ताल, गहिरो फोक्सुन्डो ताल लगायत ऐतिहासिक एवं प्राकृतिक विविधताको संगम थलो हो मध्यपश्चिम । तर, पर्यटकीय सम्भावना प्रचुरमात्रामा भए पनि रोग, भोक, अशिक्षा र अभावको पनि परिचय बनेको छ यो क्षेत्र ।

रारा तालको सौन्दर्य

नेपालको सबैभन्दा ठूलो ताल रारा हो । दुईवटा जिल्लालाई समेटेर ०३२ सालमा रारा तालकै नामबाट रारा राष्ट्रिय निकुन्ज स्थापना गरिएको छ । कर्णाली अञ्चलको मुगु जिल्लामा रहेको रारा ताल पुग्न जति गाह्रो छ, त्यहा पुगेपछि त्यति नै रमाइलो छ ।

समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित तालको प्रमुख विशेषता भनेको छिनछिनमा पानीको रंग परिवर्तन हुनु हो । पानीको रंग परिवर्तन बाहेक यो तालमा तीन प्रजातिका माछाहरु पाइन्छन् । तर, स्नो ट्राउट प्रजातिको माछा यो तालबाहेक नेपालको अन्यत्र कही पाइँदैन ।

रारा तालमा डुंगा खियाउँदै स्थानीय ।

रारा तालको लम्बाइ ५ किलोमिटर चौडाइ ३ किलोमिटर हुनुका साथै गहिराइ १ सय ६७ मिटर छ । तालको क्षेत्रफल करिब ११ किलोमिटर छ । यसलाई हिँडेर फन्को मार्न ५ घन्टा लाग्छ । रारा पुग्नका लागि नेपालगन्जको राझा विमान स्थलबाट मुगुको ताल्चासम्मको हवाइ यात्रापछि पैदल यात्रा गर्नुपर्छ । ताल्चाबाट दुई घण्टा सल्लाघारीको यात्रापछि तालको छेउमा पुगिन्छ । रारा तालको किनारै किनार १ घण्टाको पैदल यात्रा पश्चात हुटुमा अवस्थित एकमात्र होटल डाँफेमा पुग्न सकिन्छ । एक वर्षमा १ सय ५७ सम्म विदेशी पर्यटकले राराको अवलोकन गरेको तथ्यांकमा पाइन्छ ।

फोक्सुन्डोको महिमा

नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल । यो तालको गहिराई ६५० मिटर रहेको बताइन्छ ।

डोल्पामा रहेको फोक्सुण्डो ताल फ्रान्समा समेत प्रख्यात रहेको छ । जब एरिक भ्यालीले क्याराभान चलचित्र बनाए, त्यो सिनेमा ओस्कारका लागि मनोनयनमा पर्‍यो । त्यसपछि डोल्पाप्रति सबैको ध्यान गयो । एउटा बृत्तचित्रले पनि पर्यटनलाई प्रभाव पार्न र विकासमा सहयोग पुराउन सक्छ भन्ने उदाहरण बनेको छ एरिक भ्यालीको क्याराभान चलचित्र । अहिले डोल्पा घुम्न आउने पर्यटक मध्ये ६० प्रतिशत mन्सेली छन् । बौद्ध धर्मावलम्बीमध्ये जापानी र कोरियनहरु पनि डोल्पा आउने गर्छन् ।

फोक्सुण्डो झरना । फोक्सुण्डो तालबाट झरेको पानीबाट यो झरना बनेको छ ।

दैलेखको पर्यटन

दैलेखको नाभिस्थानमा रहेको आगोको प्राकृतिक ज्वाला । यस्ता ज्वाला दैलेखमा प्रसस्तै पाइन्छन् र यसलाई भगवानका रुपमा पूजा गरिन्छ ।

नेपाली भाषाको पहिलो अभिलेख, देवलहरुको स्थल तथा ज्वालाहरुको क्षेत्रका रुपमा परिचित छ दैलेख । दैलेखको दुल्लु क्षेत्रमा दुल्लु दरबार, नेपाली भाषामा लेखिएको दामुपालको पहिलो अभिलेख तथा ऐतिहासिक महत्व बोकेका पाटीपौवा, मठमन्दिर तथा अभिलेखहरु प्रसस्तमात्रा छन् । खस राज्यका पालामा कर्णाली क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र थियो दुल्लु । दैलेख जिल्लामा ८४ वटा अभिलेखहरु भेटिएकोमा २५ वटा लोप भइसकेका छन् भने बाँकी ३९ वटा पनि अत्यन्त जोखिमको अवस्थामा छन् ।

दैलेखका देवलः नारायण नगरपालिकाभित्र ढुङ्गाद्वारा निर्मित यी देवलहरु युनेस्कोको सम्भाव्य विश्व सम्पदा सूचीमा छन् ।

 

धान फल्ने उच्चस्थल

जुम्ला सबैभन्दा उच्च स्थानमा धान फल्ने जिल्लामात्रै नभएर नेपाली भाषाको उद्गम थलो पनि हो । यो कर्णाली अञ्चलको सदरमुकाम पनि हो । जुम्लामा कान्जिरोवा हिमाल, पातारासी हिमाल, वाक्की हिमाल, पञ्च देवल, तातोपानी, पाण्डुपगुफा, विराज दरबार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर र कनकासुन्दरी मन्दिरहरु हेर्न लायक छन् । प्राकृतिक सौन्र्दयता, जडीबुडका साथै कला र संस्कृतिले यो जिल्ला निकै धनी रहेको छ । पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना रहे पनि त्यसको उचित सदुपयोग हुन सकेको छैन ।

नेपालको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको मार्सी धान ।

मध्यपश्चिको सदरमुकाम हो सुर्खेत । सुर्खेतको पर्यटकीय कांक्रेबिहार दोस्रो लुम्बिनीका रुपमा परिचित छ । लाटीकोइली गाविसमा पर्ने घना जगलमा रहेको कांक्रेविहार बौद्ध शैली या हिन्दु शैलीको अलमलले गर्दा पुनर्निर्माण हुन सकेको छैन । मन्दिरमा भेटिएका मुर्ति तथा ढुगे चित्रहरु हिन्दु/बौद्ध दुबै शैलीका भेटिएका कारण कुन शैलिको मन्दिर हो भनी छुट्उाउन सकिएको छैन ।

यस जिल्लामा सुर्खेत गढी, देउती बज्यै, बुलबुले ताल, घण्टाघर, कुइने ताल लगायत पर्यटकीयस्थल रहेका छन् । कर्णालीको प्रवेशद्वारका रुपमा रहेको सुर्खेतले यी स्थलबाट उचित लाभ लिन सकिरहेको छैन ।

मध्य र सुदुरपश्चि जोड्ने चिसापानी पुल । ययसलाई एशियाकै नमूना पुलमध्ये एक मानिन्छ ।

 

लामा नाचः यो नाच मध्यपश्चिमा पहाडी तथा हिमाली भेगमा नाच्ने गरिन्छ ।

जाजरकोटको खुँडा नाचः यो नाच अहिले लोपोन्मुख छ ।

भेरी नदीमा र्‍याफटिड ।

नेपालगञ्जको चिडिया घरमा रहेको जनावर ।

सुर्खेतको ऐतिहासिक कांक्रेबिहार ।

जाजरकोट जाने सडक । यो सडकका लागि पहरो फुटाउँदा कामदारहरुको मृत्यु भएको थियो ।

जुम्लाको दमाह नाच ।

बर्दियाको हात्तिसार ।

14 Comments on “समृद्ध मध्यपश्चिमको पर्यटकीय सुन्दरता (फोटो फिचर)”
  • min bahadur rana wrote on 24 December, 2012, 12:10

    goood ramro 6

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • uma wrote on 30 December, 2012, 9:27

    Memorable………………
    thanx bharat ji .

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Suman karki wrote on 30 December, 2012, 10:05

    Wao

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Maha Prasad Paudel wrote on 2 January, 2013, 1:17

    धेरै मन पर्यो फोटोहरु

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sanjeeb wrote on 6 January, 2013, 7:37

    kati ramro photoes sachai yati ramra photoes huna ki kyao j hos nice pic

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • धर्मराज wrote on 8 January, 2013, 7:52

    भरतबन्धु थापा ज्युलाई धेरै धेरै धन्यवाद | “समृद्ध मध्यपश्चिमको पर्यटकीय सुन्दरता” नामक यस लेखमा मात्रै कर्णालीलाई नै केन्द्र बिन्दु बनाएको जसो छ, नत्र त् ‘५२ पोखरी ५३ टाकुरी’को साथै ‘सानो नेपाल’को रुपमा परिचित रुकुमको बारेमा पनि लेख्नुहुन्थ्यो होला | आशा गर्छ कि आउदो दिनहरुमा पक्कै पनि लेख्नुहुनेछ ||

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Niles wrote on 8 January, 2013, 8:41

    Thank you Mr.Thapa for yrs post…with photo feature…….heart touching photos….lets share this on the front page of the travel n tours guide website if there is any………so, that we can attract more n more tourist

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dil bahadur thapa wrote on 17 January, 2013, 8:16

    like ……………………………………….like……………………..like…………………………..like………………….+……………100 %like…………………..+

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Aash wrote on 18 January, 2013, 7:36

    sansar ko sabai bhanda ramro desh………..

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Baniya wrote on 29 January, 2013, 8:09

    The famous artist Picasso has defined the word beauty in this way. “The beauty is summation of all the body parts in such a way that there is no need of add,deduct,replace or alter”. Same as Nepal.We have everything to offer and achieve, and nothing to loose. Heart touching Mesmerizing beauty of the Far Western. i wish i could be there some day…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • udhisthir joshi wrote on 4 February, 2013, 5:56

    utkrista piture haru chhan..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nirjan wrote on 12 February, 2013, 4:25

    mero region mero san mero gaurab

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nirjan wrote on 12 February, 2013, 4:28

    mero gourab

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • राम सिह महरा wrote on 17 February, 2013, 11:36

    पिछडीएको कर्णाली बिकाशमा सबैको ध्यान जानु जरुरी देखिन्छ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु