राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार नयाँ प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलका नेताहरुलाई आह्वान गरेका छन् । राष्ट्रपतिको यो कदमलाई लिएर सही र गलत भन्दै दुईखालका मत देखिएका छन् ।
कांग्रेस, एमाले लगायत विपक्षी दलहरुले राष्ट्रपतिको कदम स्वागतयोग्य भएको बताएका छन् भने माओवादीले यसलाई असंवैधानिक कदम बताएको छ । संविधानको धारा ३८ अनुसार प्रधानमन्त्री हुनका लागि संसद् सदस्य हुनुपर्ने व्यवस्था रहेकाले राष्ट्रपतिले गरेको आह्वानले अन्तरिम संविधानको उल्लंघन गरेको तर्क कतिपय कानूनविद्हरुको छ ।
डा. रामवरणले चालेको कदमले मुलुकलाई निकास देला ? कि अब मुलुक झनै द्वन्द्वतिर धकेलिन लागेको हो ? यो प्रश्नले नै राष्ट्रपतिको कदम जायज हो कि नाजायज भन्ने कुराको निर्धारण गर्दछ ।