धान, मकै र कोदोको उत्पादन घट्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

धान, मकै र कोदोको उत्पादन घट्यो

मौसम अनुकूल भएन, बाढी र डुबानले पनि छोएन

२५ मंसिर, काठमाडौं । यसवर्ष मुख्य खाद्यान्नबालीको उत्पादन घट्ने सरकारले बताएको छ । कृषि विकास मन्त्रालयले सोमबार कार्यक्रम गरी धान, मकै र कोदोको उत्पादन घट्ने अनुमान गरेको हो । मन्त्रालयका अनुसार यी तीन खाद्यान्नको तुलनामा फापरको उत्पादन चाहिँ बढ्ने देखिएको छ । मुख्य बालीको उत्पादन पोहोरको तुलनामा घटेपनि यसले खाद्य अभावको अवस्था भने नआउने सरकारको भनाई छ । ‘हामीसँग गहुँ र जौँको उत्पादन आउनै बाँकी छ’ मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले भन्नुभयो-’हिउँदेबालीको उत्पादन बढ्ने र पोहोर धानमकैको उत्पादन उच्च भएकाले खाद्यान्न अभावको अवस्था भने आउँदैन ।’

धान वाली

यसवर्ष धानको उत्पादन गतबर्षको तुलनामा करिब ११ प्रतिशत अर्थात करिब ५ लाख ६७ हजार मे.टन ले घट्न गई गतवर्षको करिब ५० लाख ७२ हजार मे.टन वाट करिब ४५ लाख ४ हजार मे.टन. मात्र हुने मन्त्रालयको अनुमान छ । देशको धान खेति हुने कुल क्षेत्रफल मध्य करिब १लाख ११ हजार हेक्टरमा धान रोपाई नै हुन सकेन । उत्पादकत्व समेत गतबर्षको तुलनामा केही घटेको छ । मन्त्रालयका अनुसार यसबर्ष १५ जति जिल्लामा गतबर्षकै हाराहारीमा, २० जति जिल्लामा बढ्न गएको छ भने बाँकी ४० जिल्लामा धानको उत्पादन घट्न गएको छ ।

मकै वाली

मकैको उत्पादन यसवर्ष गतवर्षको २१ लाख ८० हजार मे.टन. मा करिब १लाख ८० हजार मे.टन अर्थात करिब ८ प्रतिशतले घट्न गई १९ लाख ९९ हजार मे.टन. उत्पादन हुने मन्त्रालयको अनुमान छ । यसवर्ष यसको क्षेत्रफलमा करिब साढे दुई प्रतिशत अर्थात २१ हजार हेक्टरको कमी आएको पाईएको छ ।

कोदो वाली

चालु आ.व.मा कोदो को उत्पादनमा करिब साढे दुई प्रतिशतले कमि आई गत वर्षको ३ लाख १५ हजार मे.टनवाट करिब ३ लाख ५ हजार मेटि्रकटन मात्र रहने प्रारम्भिक अनुमान छ । कोदोबालीमा उन्नत बिउ, मल जस्ता प्रबिधिको प्रयोग गर्ने चलन कम भएका कारण यसको उत्पादकत्वमा खाशै बृद्धि हुन नसकेको मन्त्रालयको भनाई छ ।

फापर वाली

हिमाली क्षेत्रमा मुख्य बालीको रुपमा रहेको फापरलाई गत २ बर्षदेखि राष्ट्रिय तथ्याङ्कको रुपमा समाबेश गरिएको हो । जस अनुसार देशका करिब ५० वटा जिल्लामा खेति हुने फापरबालीको क्षेत्रफल १०६८१ हेक्टर , उत्पादन १००५६ मेटि्रकटन तथा उत्पादकत्व ९४२ के.जि. प्रति हेक्टर रहेको छ । गतबर्ष यसको क्षेत्रफल यसबर्ष भन्दा करिब ३ प्रतिशत कम रहेको थियो ।

क्षेत्रफल, उत्पादन तथा उत्पादकत्वमा घट्नुका कारणहरु

कृषि विकास मन्त्रालयले मौसम अनुकूल नहुनु र रासायनिक मल समयमा नपाउनु कारणले उत्पादन घटेको जनाएको छ । सामान्यतया जुन १० तारिख मा शुरुहुने मनसुन यसबर्ष केहिदिन ढिला शुरु भएको र साउनको शुरुमा केहि कमजोर रहेको भएता पनि साउनको अन्ततिरबाट कहिले सक्रिय र कहिले निष्त्रिmय हुने क्रम जारी रह्यो ।

आश्विनको मध्यसम्म नै वर्षा भएपनि अधिकांश पूर्वी तथा मध्य तराईका जिल्लाहरु मुलतः सिराहा, सप्तरी, धनुषा, महोत्तरी आदि जिल्लामा धान उत्पादन निकै कम हुन गयो । पश्चिमाञ्चल तथा पहाडी जिल्लामा गतबर्षको तुलनामा धानको रोपाई भएको क्षेत्रफल एवं उत्पादकत्व दुबै बढ्न गएता पनि समग्रमा धानको क्षेत्रफल तथा उत्पादनमा गिरावट आएको मन्त्रालयले जनाएको छ ।

तर कृषिक्षेत्रमा बिकास हुँदै गएका उन्नत प्रबिधिहरु ज्ास्तैः उन्नत बिउ, मलखाद, औषधि, खेति गर्ने उपकरण तथा तरिका, तालिम प्राप्त जनशक्ति आदिका कारण उत्पादन धेरै घट्न नपाएकोे मन्त्रालयले जनाएको छ । सिफारीश गरिएका धानका जातहरु जस्तै तराईमा साबित्री, बिन्देश्वरी, राधा ४ र १२, मध्य पहाडमा खुमल ४, १०,११ तथा उच्च पहाडमा चन्दननाथ आदिको उत्पादकत्व स्थानीय जातको भन्दा दोब्बर रहेको पाईएको छ भने यी सिफारीश गरिएका धानका जातहरुले ढाकेको क्षेत्रफल ९० प्रतिशत भन्दा पनि बढि रहेको छ । यसैगरि सिफारीश गरेको मकैको बिउले समेत ९० प्रतिशत भन्दा पनि बढि क्षेत्रफल ओगटेको छ ।

बाढीपहिरो, डुवान, कटान आदिको समस्या बर्षेवालीमा पर्ने गरेकोमा यसबर्ष बिगतका बर्षहरुको तुलनामा अत्यन्त कम मात्र असर परेको मन्त्रालयको भनाई छ । यसबर्ष करिब ५०० हेक्टर जमिनमा मात्र डुबान, कटान तथा बालुवाले पुरेर क्षति पुग्न गएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु