कोरियामा नेपाली दूतावासले सहयोग गरेन : नेपाली श्रमिकहरु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कोरियामा नेपाली दूतावासले सहयोग गरेन : नेपाली श्रमिकहरु

मिनप्रकाश उप्रेति

सउल । दक्षिण कोरिया आएको छ महिना भयो । शाहुले समयमा तलब पनि दिदैन सँगै काम गर्ने कोरियनले दुई पटक पिटि सक्यो निउ केही चाहिदैन उ कुन मोडमा हुन्छ एक्कासि छिटो काम गर भन्दै मुक्का  प्रहार  गर्छ , गर्दै गरेको काम पनि झनै बिग्रने डर  । एक मनले त घर फर्कौकी भनेर सोच्दछु  तर छोरो कोरिया गएको छ अब त केही गर्छ होला भन्ने परिवारको सपना सम्झेर आफू थचक्क हुन्छु ।” ललितपुर भट्टे डाडा -२, का राम दुलाल आफ्नो दुखेसो यसरी सुनाउँछन । दुलाल आफू कोरियामा साह्रै पीडित भएको र आफ्ना कुरा सुन्ने निकाय कुनै नहुँदा मानसिक तनावमा रहनु पेरको बताउँछन् । नेपाली दूतावास कोरियामा सम्पर्क गर्दा कोरियन मात्र बोल्ने मानिस भएकोले त्यस निकायबाट सहयोगको आशा मरेको दुलालको भनाई छ । हप्तामा एकदिन आइतबार बिदा मिल्छ त्यो दिन  दूतावास बन्द हुन्छ अनि कसरी आफ्ना समस्या त्यो निकायमा पुर्याउने ? दुलालको प्रश्न थियो ।

उता झापा जलथलका राम सुब्बाको पीडा उस्तै छ । फलामा कम्पनीमा १० महिना अघि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया आएका सुब्बा निम्नतम् तलबबाट पनि बन्चित छन् । किन हामीलाई बेसिक तलब पनि नदिएको भन्दा तलाई नेपाल फर्कन मन छ भन्दै हप्काउने गरेको सुब्बा बताउँछन । दूतावासमा उपनियोग प्रमुख राजाराम वर्तौलालाई सम्पर्क गर्दा कुनै सुनवाई नभएको उनको तितो अनुभव सुनाउँदै भन्छन् ,”मैले वर्तौलालाई तीन पटक सम्पर्क गरे अन्तिम पटकमा उनले भने हामी अरु नै काममा व्यस्त छौ तपाईँ आफ्ना कुरा यही आएर टिपाउनु होस् । आइतबार मात्र हाम्रो बिदा हुन्छ अनि त्यो दिन दूतावास बन्द हुन्छ नि भन्दा त्यो तपाईँको समस्या हो भन्ने जवाफ पाएको सुब्बाको भनाई थियो ।
दुलाल र सुब्बा मात्र होइन कोरियामा कम्पनि साहुबाट पीडित नेपालीहरूले आफ्ना समस्या कोरिया स्थित नेपाली दूतावासमा खुलेर राख्न सक्ने अवस्था छैन । विगतमा पूर्व राजदूत कमल प्रसाद कोइरालाका पालामा राखिएका भाषा अनुवादक दावा शेर्पाले उपनियोग प्रमुख राजाराम वर्तौलाको चर्को दबाब र तानाशाहि प्रबृतिले काम गर्न नसकेको  सार्वजनिक अभिव्यक्ति सहित राजीनामा दिए पछि अहिले उक्त स्थान खालि रहेको छ । जसको पद पुर्तिका लागि दूतावासले कुनै पहल गरेको छैन भने यसको प्रत्यक्ष मारमा भने नेपाली श्रमिक परेका छन् । कोरियाका नेपाली श्रमिकहरुले खुलेर समस्या राख्ने र दुख पोख्ने ठाउँ नहुँदा मानसिक तनावमा बस्नु परेको पीडितहरुले बताएका छन् ।

यसैगरी कोरियामा रहेका नेपालीहरूले आइतबार दूतावास खुला राखिदिन अनुरोध गरेका छन् । कोरियाको श्रमनीति कडा र अन्यदिन कम्पनी पनि छोडेर कतै जान नपर्ने हुँदा आफ्ना समस्या राख्न कठिन भएको  पीडितहरुले बताउदै आएपनि दूतावास भने हालसम्म मौन छ ।कोरियामा रहेका अन्य देशका दुतावासहरुले आफ्ना श्रमिकका समस्या सुन्नका लागि आइतबार पनि कार्यलय खुल्ला राख्दै आएका छन् भने नेपालले सो व्यवस्था  गर्न सकेको छैन ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु