एक खिली चुरोट पनि महिलाका लागि हानिकारक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

एक खिली चुरोट पनि महिलाका लागि हानिकारक

यदि तपाई महिला हुनुहुन्छ र कहिले काँही वा दिनमा एकाध चुरोट पिउनु हुन्छ भने सावधान रहनुहोस्, किनकी अन्यको तुलनामा तपाईलाई हृदयघातको खतरा दुई गुना बढी हुन्छ ।

हालै गरिएको एक अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा अमेरिकामा ३ दशकको बीचमा एक लाखभन्दा बढी नर्सको स्वास्थ्य हेरिएको छ । कहिल्यै चुरोट नपिउने महिलाको तुलनामा कहिले काँही मात्र चुरोट पिउनेमा मुटु सम्वन्धी रोगको सम्भावना दोब्बर हुने अध्ययनले देखाएको छ । अमेरिकन हर्ट एसोसिएनले भने चुरोट पिउन छाड्ने हो भने महिलाहरुमा त्यस्तो खतरा कम हुँदै जाने बताएको छ ।

अध्ययनका क्रममा हृदयघातका ३ सय १५ घटनाबारे अनुसन्धान गरेका थिए । जसमा ७५ यस्ता महिलाले चुरोट पिएको पाइएको थियो । १ सय ४८ यस्ता थिए, जसले हाल वा केही समय पहिलेसम्म चुरोट पिउँथे । १ सय १८ भने यस्ता मानिस थिए, जसले कहिल्यै चुरोट नै पिएका थिएनन् ।

३५ वर्ष भन्दा कम उमेरका मानिसमा भने अनुवंशिय कारणले पनि हुन सक्छ । अध्ययनका अनुसार दैनिक चुरोट पिउने महिलामा अचानक हर्ट अट्याक भएर मर्ने सम्भावना दोब्बर हुन्छ भने लगातार ५ वर्षसम्म पिउनेको मर्ने खतरा ८ प्रतिशतसम्म बढ्छ ।

One Comment on “एक खिली चुरोट पनि महिलाका लागि हानिकारक”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु