‘तानेवानको भन्दा कम छैन पाकिस्तनी सेनाको ज्यादती’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

‘तानेवानको भन्दा कम छैन पाकिस्तनी सेनाको ज्यादती’

२८ मंसिर, काठमाडौं । अन्तराष्ट्रिय मानजअधिकारबादी संगठन एमनेष्टीले पाकिस्तान कबायली इलाकामा हजारौं नागरिकको मानवअधिकार हजज रोक्न असफल भएको बताएको छ ।

आफ्नो नयाँ रिपोर्टमा एमनेष्टीले पाकिस्तानको पश्चिमोत्तर क्षेत्रको कबायली इलाकामा तालेबान र सेना दुबैले नागरिकहरुलाई आतंकित गरेको उल्लेख छ । संवैधाजिक सुरक्षाको उपाय लागू नहुँदा मानव अधिकार हनन गर्नेहरुलाई कुनै कारवाही नभएको उसले बताएको छ । केही कबायली इलाकामा सेनाले चरमपन्थीहरुलाई लखेटे पनि त्यो क्षेत्र पूर्ण रुपमा सुरक्षित नरहेको रिपोर्टमा उल्लेख छ ।

‘क्रुरताको हात’ शीर्षक दिइएको रिपोर्टमा सेनाले मनोमानी रुपमा पुरुष र युवाहरुलाई नियन्त्रणमा लिने गरेको र केहीको हिरासतमा नै मृत्यु हुने गरेको उल्लेख छ । एमनेष्टीले कबायली इलाकामा कानुन प्रणाली सुधार्न र हिंसाको चक्र रोक्न पाकिुस्तान सरकारलाई आग्रह समेत गरेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु