गुगलमा बढि खोजियो ‘फेसबुक’ र ‘यु ट्युब’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

गुगलमा बढि खोजियो ‘फेसबुक’ र ‘यु ट्युब’

यो वर्ष सन् २०१२ मा सर्च इन्जिन याहुमा सबैभन्दा बढि अमेरिकी राष्ट्रपतीय चुनावको विषय सबैभन्दा बढि खोजी गरिएको खबर केही दिनअघि सार्वजनिक भएको थियो । सर्च इन्जिन गुगलमा यो वर्ष सबैभन्दा बढि कुन शब्दको खोजी भएको होला ? सायद तपाइँको जिज्ञासाको विषय हुनसक्छ ।

तपाइँको जिज्ञासालाई मेटाउँदै सामाजिक संजाल फेसबुक लगातार दोश्रो वर्ष गुगलमा सबैभन्दा बढि खोजिएको शब्द बन्न सफल भएको छ । गुगल सर्च इन्जिनमा अघिल्लो वर्ष झैँ यो वर्षपनि ‘फेसबुक’ शब्द सबैभन्दा बढि खोजियो ।

सार्वजनिक कम्पनीको रुपमा सेयर जारी गरेको, फेसबुकका संस्थापक मार्क जुकरबर्गले बिहे गरेको जस्ता तात्तातो विषयका कारण मात्र होइन फेसबुक प्रयोगकर्ताको संख्या चुलिँदै गएका कारण फेसबुक यो वर्ष पनि सबैभन्दा बढी खोजिको विषय बनेको हो ।

गुगलमा सबैभन्दा बढि खोजिएको शब्दको दोश्रो स्थानमा यु ट्युब पर्न सफल भएको छ । यो वर्ष विभिन्न चर्चित भिडियो अपलोड भएकाले पनि हुनसक्छ धेरै इन्टरनेट प्रयोगकर्ताले यु ट्युबलाई मज्जाले खोजी गरे । अझ ग्यांगनम स्टाइल बोलको गीतको भिडियो अपलोड भएपछि र एम पि थ्री का गीत समेत सुन्न सकिने भएपनि यु ट्युबको खोजी ह्वात्तै बढेको हो ।

गुगल सर्च इन्जिनमा सबैभन्दा बढि खोजि गरिएको शब्दको तेश्रो स्थानमा भने गुगल आफै छ ।

गुगलमा बढि खोजी गरिएका शब्दको चौथो स्थानमा फ्रि भन्ने शब्द छ । सायद फ्रि अर्थात् निशुल्क भन्ने शब्द धेरैको रुचीको विषय भएकाले हुनसक्छ यो शब्दलाई धेरैले खोजी गरे ।

त्यस्तै बढि खोजी गरिएका शब्दको पाँचौ स्थानमा ‘डाउनलोड’ शब्द परेको छ भने छैटौँ स्थानमा हटमेल परेको छ । हटमेलले जिमेल र याहुलाई पछि पारेको हो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु