किरात राई यायोक्खाले ‘किरात राई यायोक्खा यलम्वरहाङ स्मृति पुरस्कार कोष’बाट ईन्द्रबहादुर राईलाई सम्मान गर्ने भएको छ । यो पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो ।
नेपाली आयमेली आन्दोलनका वरिष्ठ साहित्यकार राईलाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यायोक्खाको ८औं राष्ट्रिय सम्मेलनमा प्रदान गरिनेछ ।
‘पुख्र्यौली भूमि र पहिचानको रक्षार्थ हाम्रो अभियान, किरात स्वायत्त राज्य सहितको नयाँ संविधान’ भन्ने नाराका साथ किरात राई यायोक्खाको पौष ७, ८ र ९ गते माझकिरात भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजारमा हुँदैछ ।