आइफोनका लागि गुगलको म्याप एप्स :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

आइफोनका लागि गुगलको म्याप एप्स

गुगलले आइफोनका लागि आफ्नो नयाँ म्याप एप्स जारी गरेको छ । पहिले एप्पलको आइफोनमा गुगलकै नक्सा प्रयोग हुन्थ्यो । तर, पछि एप्पलले आफ्नै म्याप सफ्टवेयर बनाएर प्रयोग गर्न सुरु गर्‍यो तर, नक्का गलत भएपछि त्यसको चर्को आलोचना भएको छ ।

आइफोनका लागि बनाइएको गुगलको नयाँ म्याप एप्समा यसअघि एन्ड्रोइड प्रबिधिका उपकरणमा मात्र प्रयोग भएको विधि समेत प्रयोग गरिएको छ । गुगलको नयाँ एप्स लोकपि्रय हुनेमा धेरै विश्वस्त छन् तर, नोकियाले उसलाई कडा चुनौति दिने विश्लेषकहरु बताउँछन् ।

फिनल्याण्डको कम्पनी नोकियाले हालै मात्र आइफोनका लागि आफ्नै म्याप एप्स सुरु गरेको थियो । त्यसमा भएका केही सुविधा गुगलको एप्समा छैनन् । जसमा इन्डोर म्याप्स, अफलाइन भ्युका लागि नक्सा डाउनलोड गर्ने क्षमता र भ्वाइस सर्च पनि छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु