इत्तिहाद एयर ‘वर्ल्ड लिडिङ एअरलाइन्स’ बाट सम्मानित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

इत्तिहाद एयर ‘वर्ल्ड लिडिङ एअरलाइन्स’ बाट सम्मानित

२९ मंसिर, काठमाण्डौ । संयुक्त अरब इमरेट्सको राष्ट्रिय ध्वजाबहाक बिमान सेवा इत्तिहाद एयरले लगातार चौथो बर्ष ‘वर्ल्ड लिडिङ एअरलाइन्स’ प्राप्त गरेको छ ।

गएराती नयाँ दिल्लीमा आयोजित कार्यक्रममा इत्तिहादलाई सो अवार्ड प्रदान गरिएको इत्तिहाद एयरवेजले एक बिज्ञप्तिमार्फत जानकारी दिएको छ । इत्तिहादको ‘डायमण्ड फष्ट क्लास’का लागि यो अवार्ड प्रदान गरिएको हो । १ सय ९१ मुलुकका करिव ६ लाख ५० हजार यात्रुबाट प्राप्त मतका आधारमा इत्तिहादले यो अवार्ड पाएको हो ।

अवार्ड पाएपछि एअरलाइन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जेम्स होगनले भन्नुभयो-’हामीले यो अवार्ड लगातार चौथो बर्ष पाएका छौँ र हरेक बर्ष हाम्रा यात्रु महानुभावहरुलाई अझ स्तरीय सेवा प्रदान गर्ने प्रयत्न गरिरहेका छौं ।’ यो अवार्डले इत्तिहादको स्तरीय सेवाको पुष्टी गरेको भन्दै होगनले यसलाई अझ उचाईमा पुर्‍याउने बताउनुभयो ।

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु