पत्रकार हत्यामा संलग्नलाई ११ बर्षको जेल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पत्रकार हत्यामा संलग्नलाई ११ बर्षको जेल

२९ मंसिर, काठमाडौं । रुसको एक अदालतले पत्रकारको हत्यामा संलग्न रहेको भन्दै एक जना पूर्व प्रहरी अधिकारीलाई ११ वर्षको जेल सजायँ सुनाएको छ ।

पत्रकार अन्ना पोल्टीकोभ्स्क्याको हत्यारालाई पेस्तोल उपलब्ध गराएकोमा दोषी ठहर गर्दै अदालतले पूर्व प्रहरी अधिकारी दिमित्री प्याभ्लिच्यान्कोभलाई ११ वर्षको जेल सहित झण्डै ८५ लाख रुपैयाँ जरिवानाको सजायँ सुनाएको बिबिसीले जनाएको छ ।

सन् २००६ मा भएको हत्यामा संलग्न रहेको आरोप लागेका दिमत्रीलाई यसअघि प्रहरीले सफाई दिईएको थियो । तर त्यसको मानवअधिकारवादीहरुले चर्को विरोध गरेका थिए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु