एक पटक पुग्नैपर्ने लोमाङथाङ (फोटो फिचर ) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एक पटक पुग्नैपर्ने लोमाङथाङ (फोटो फिचर )

शब्द/तस्विर : भरतबन्धु थापा

वरिपरि नाङ्गा डाँडा, बीचमा समथर स्थल । समथर स्थलमा गुजुमुज्ज घरहरु । सबै घरहरुमाथि दाउरा सुकिरहेका । घरहरुका मध्यभागमा सबैभन्दा अग्लो र अलि फरक शैलीको घर । त्यहाँ पुग्ने सबैले अनुमान लगाउन सक्छन्, त्यो घर मुस्ताङी राजाको दरबार हो भनेर ।

नेपाल र चीनको सीमाना स्थल । लोमडताडबाट एक घण्टा जीपमा पुगिन्छ ।

मुस्ताङ भन्ने बित्तिकै हिमाल पारीको जिल्लाको रुपमा परिचित छ । माथिल्लो मुस्ताङमा मात्र नभएर जिल्लाका अधिकाँश घरहरुमा राजा रानीको तस्वीर देख्न पाईन्छ । लोमाङथाङबासीले राजालाई साँस्कृतिक र धार्मिक हिसाबले निकै माथि राखेका छन् ।

माथिल्लो मुस्ताङको लोमाङथाङ पर्यटकीय हिसावले पनि निकै ख्याती रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यहाँ बर्षेनी पर्यटको संख्या बढ्दै गएको छ । गएको बर्ष करिब ३ हजार पर्यटकले यहाँ अवलोकन गरेका थिए ।

पर्यटकको आगमन बढेसँगै लोमाङथाङको आन्दानीको स्रोत पनि बढेको छ । लोमाङथाङमा आउने पर्यटकबाट सरकारले जति रकम उठाएको हो, त्यो रकमको ६० प्रतिशत लोमाङथाङमा खर्च गर्ने सहमति भएपनि कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ ।

लोमाडताडबाट चीनको सीमना तर्फ जादै गरेको जीप ।

पाँचतले गुफाबाट देखिएको दृश्य ।

लोमाडतथाडमा रहेको राजदबार ।

लोमाडथाडमा पर्यटकका लागि आर्कषका केन्द्रका रुपमा पाँचतले गुफा, गुफाभित्र गुम्बा र गुफाभित्र बहुमुल्य चित्रहरु समेत रहेका छन् । तर तिनका उचित संरक्षण समेत हुन सकेको छैन । त्यति मात्र नभएर गुफा प्रवेश गर्ने पर्यटकलाई गुफाका बिषयमा जानकारी दिने आधिकारिक मान्छे नभएका कारण पनि उनीहरु हेरेर र्फकन बाध्य छन् ।

लोमाडथाडको एक घरको छतमा देखिएका मानिस ।

लोमाडथाडका स्थानीय बासिन्दा ।

लोमाथाड नजिकै रहेको चौर मा चरन गदै गरेका घोडाहरु ।

चीनको सीमाना तर्फबाट देखिएको लोमाडथाड ।

लोमाडथाड नजिकैको डाडामा रहेको जीर्ण एक घर

लोमाडथाडमा रहेको माने ।

लोमाडथाड नजिकै रहेको गुफा । यो गुफा भित्र मन्दिर रहेको छ ।

लोमाथाड जादा पर्ने घमी गाउँ ।

लोमाडथाड भ्याली ।

स्थानीय बासिन्दा बाजा बजाउँदै ।

28 Comments on “एक पटक पुग्नैपर्ने लोमाङथाङ (फोटो फिचर )”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु