केएफसीको मासु ‘खान अयोग्य’, धादिङमै खाल्डोमा पुरियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

केएफसीको मासु ‘खान अयोग्य’, धादिङमै खाल्डोमा पुरियो

किसानले नियन्त्रणमा लिंदा झडप

३० मंसिर, काठमाडौं । काठमाडौंमा रहेको अन्तराष्ट्रिय चेन रेष्टुरेन्ट केएफसीले खानका लागि अयोग्य कुखुराको मासु प्रयोग गर्ने गरेको खुलेको छ ।

भारतबाट ल्याएको दुई कन्टेनर कुखुराको मासु धादिङ धार्केका किसानले नियन्त्रणमा लिएपछि पशु सेवा विभागको टोलीले जाँच गर्दा खानका लागि अयोग्य भएको प्रमाणित भएको हो ।

पशु सेवा विभागका उप-महानिर्देशक रामकृष्ण खतिबडाको नेतृत्वमा गएको टोलीले मिति उल्लेख नभएको र खानका लागि अयोग्य रहेको भन्दै नष्ट गरेको छ । कुखुराको मासु बोकेर आइरहेको एम एच ४३ यु ४३३७ र डि एल १ एम ६५८२ नम्बरका भारतीय कन्टेनरलाई किसानले शनिबार बिहान चालिसे बजारमा नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले मासु नष्ट गर्न नमानेपछि आक्रोसित स्थानीयबासी तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा प्रहरीले अश्रु ग्याँस प्रहार गर्दै र लाठी चार्ज गरेको थियो । त्यसक्रममा ३ जना किसान घाइते भएका छन् । ‘स्थानीयबासीले तोडफोड गर्न थालेपछि केहीबेर अवस्था असामान्य बनेको हो’ धादिङका प्रहरी प्रमुख विकासराज खनालले अनलाइनखबरसँग भन्नुभयो । पशु विभागको टोली र स्थानीयबासीको चर्को दबावपछि प्रहरीले करिव ५५ क्विन्टल मासु खाल्डो खनेर गाडेको छ ।

तीन वर्षअघि काठमाडौंमा खुलेको केएफसीले नेपालको मासु मापदण्ड नपुग्ने भन्दै थाइल्याण्डबाट ल्याउने बताउँदै आएको थियो । तर, धादिङको घटनाले भारतबाट ल्याउने गरेको खुलेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु