३० मंसिर, सिड्नी । नेपइन्डो ग्रुपले आयोजना गरेको फ्युजन डान्स प्रतियोगिताको उपाधि पुरुषतर्फ विनित बस्नेत र महिलातर्फ कोहिनुर सुवेदीले जितेका छन् ।
यस्तै पब्लिक च्वाइस र साईवर सटको उपाधि क्रमशः अनामिका प्रधान र कोहिनुर प्रधानले जितेका हुन । पहिलो हुनेले महिला तथा पुरुषलाई एक समारोहमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीले १ हजार ५ सय डलर नगद पुरस्कार वितरण गरेका थिए ।
डिसेम्वर १४ शनिवार ग्रेनभिलको टाउन हलमा भएको ग्रेण्डफाईनलमा नेपाली तथा अंग्रेजी गीतको फ्युजनमा १४ जना प्रतिस्पर्धीहरुले नृत्य प्रस्तुत गरेका थिए । भुपेन्द्र चुडाल, अन्जना ओली लगाएतका निणर्ायक मण्डलले यी प्रतिभाको छनोट गरेका हुन् ।
प्रतियोगिहरुबीचमा केही हप्ताको तालिमपछि ग्राण्ड फाईनल गरिएको आयोजक मध्येका एक सौरभ मानन्धरले बताए । कार्यक्रमका निर्देशक तथा नृत्य प्रशिक्षक उषा वरियाले यो प्रतियोगिताले अष्ट्रेलियाको नेपाली समुदायलाई दुईजना प्रतिभा दिएको बताइन् । उषा वरिया र प्रदिप लामाले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।
अंग्रेजी र नेपाली तथा दुवै भाषामा रिमिक्स भएका गीतमा प्रतियोगिले नाच्न पाउने ब्यवस्था मिलाइएको थियो । प्रतियोगिता सफल पार्न सिड्नीका इभेन्ट ब्वाईजका कलाकारहरु दिल तामाङ, राजेश के सी, प्रदिप लामा लगाएतलेे सहयोग गरेका थिए । डायल टु कल नामक दूरसंचार कम्पनिको टाइटल प्रयोजनमा उक्त कार्यक्रम भएको थियो । युवा पुस्तामा रचनात्मक सोच र प्रतिस्पर्धि बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । यो प्रतियोगिताले लक्ष्मि प्रतिष्ठानलाई पनि सहयोग गर्ने आयोजकको भनाई रहेको छ ।