१ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बाँसबारीले डिफेण्डेङ च्याम्पियन नेपाल पुलिसलाई बराबरीमा रोकेको छ ।
आइतबार भएको खेलमा पुलिसलाई गोलरहित बराबरीमा रोक्दै बाँसबारीले अंक खोसेको हो । बराबरीपछि पुलिस ७ खेलबाट नवौं स्थानमा उक्लिएको छ बाँसबारी २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले केही राम्रो मौका पाएपनि गोल गर्न सकेन । उसका केही प्रयास अजितले असफल पारेका थिए ।
अर्को खेलमा बौद्धले फ्रेण्ड्सलाई बराबरीमा रोक्दै अंकको खाता खोलेको छ । बौद्ध र फ्रेण्ड्सले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि ६ खेलबाट ७ अंक जोडेको फ्रेण्ड्स १२ औं स्थानमा छ भने १ अंक जोडेको बौद्ध पुछारमा छ ।