बिपी प्रतिष्ठान बेल्जियमको श्रद्धान्जली सभा सम्पन्न (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बिपी प्रतिष्ठान बेल्जियमको श्रद्धान्जली सभा सम्पन्न (फोटो फिचरसहित)

बिष्णु सापकोटा

 लुभेन । नेपाली काँग्रेसका  स्वर्गिय नेता भिम बहादुर तामाङको १३औं पुण्य तिथिको अवसरमा बि पी स्मृति प्रतिष्ठान बेल्जियमको श्रद्धान्जली सभा सम्पन्न भएको छ । तामाङको सम्झनामा  गत बुधवार प्रतिष्ठानका संयोजक तथा नेपाली जनसम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुव राज पौडेलको अध्यक्षतामा श्रद्धान्जली सभा सम्पन्न भएको हो । कार्यक्रममा सभापतिको आसनबाट ध्रुवराज पौडेलले स्वर्गीय नेताको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै एक निष्ठावान नेता गुमाउनु परेकोले उहाँबाट कांग्रेसले धेरै कुरा सिक्न सकेमा नयाँ नेपालको परिकल्पना पुरा हुने बताउनु भयो।

प्रमुख अतिथिको आशनबाट एन आर एन आई सी सदस्य रबिन्द्र मान श्रेष्ठले नेपालमा रहेका नेताहरु मध्य स्वर्गीय भिम बहादुर तामाङ् आदर्शवादी नेताको रुपमा रहेको र नेपाली राजनीतिमा आज आदर्शवादी नेता गुमाउन परेको यो अपुरणीय क्षतिलाई आफ्नो जीवनमा वास्तविक रुपमा अनुशरण गर्न सके नेपाल र नेपाली जनताको समुन्नती र प्रगति निष्चित छ भन्नु भयो । बिशिष्ट अतिथि एन आर एन बेल्जियमकी अध्यक्ष जानकी गुरुङले काँग्रेस ले एक निष्ठावान नेता गुमाएकोमा उहाँले निर्धारण गर्नुभएको बाटो अवलम्वन गरेमा मात्र उहाँप्रति सच्चा श्रद्धान्जली हुने कुरा ब्यक्त गर्नु भयो।

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट ओम शर्माले उपस्थित महानुभावहरुलाई स्वागत गर्नु को साथै स्वर्गीय नेताको बारेमा उहाले पार्टीमा खेलेको भूमिका काग्रेसमा सधै खड्की रहने बताउनु भयो। स्वर्गीय नेता को जीवनी तथा उहाको बारेमा नेपाली जनसम्पर्क समितिका पूर्व अध्यक्ष, नेपाली काँग्रेस महासमिति सदस्य तथा प्रतिष्ठानका सदस्य ईन्द्र क्षेत्री पकवानले स्वर्गीय भीम बहादुर तामाँगको संक्षिप्त जीवनी प्रस्तूत गर्दै तामाङ भिल्लका देशको मणी हुनुहुन्थ्यो भन्नु भयो। यसैगरी प्रतिष्ठानको तर्फबाट सदस्य प्रेम गुरुङले बिदेशमा रहेर पनि आज उहालाई सम्झदै गर्दा उहाले अंगाल्नु भएको निष्ठाको राजनैतिक यहाँका केहि बुज्रुक साथीहरुले पनि सिक्नु पर्ने समेत औल्याउनुको साथै यथार्थमा बल्ल मात्र उहांको सच्चा श्रद्धान्जली दिएको ठहरिने बताउनु भयो।

कार्यक्रमा नेपाली जनसम्पर्क समिति जेर्मनीका पूर्व सचिव हेमलाल सुवेदी, एन आर एन बेल्जियमका उपाध्यक्ष बोधराज पौडेल महासचिव शिव कुमार बरुवाल, एन डी एफ बेल्जियमकी उपाध्यक्ष लक्ष्मी कुइकेल, नेकपा एमाले बेल्जियम पार्टी कमिटि तथा एन डी एफ बेल्जियमका निवर्तमान अध्यक्ष तुलसी नाथ सुवेदी, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका सल्लाहकार बिष्णु भुजेल, अनेसास बेल्जियमका दीपक ज्योती पौडेल, म्याग्दी समाज बेल्जियमका अध्यक्ष घनश्याम शाही, नवलपरासी सहायता समाज बेल्जियमका सल्लाहकार डील्ली राम अम्माई, नेपाली जनजाति सरोकार मंच यूरोप तथा बेल्जियमका अध्यक्ष राम बाहादुर गुरुङ , नेपाली आदिवासी जनजाती महासंघ बेल्जियम का महासचिव कुल बहादुर मगर ले मन्तब्य ब्यक्त गर्नुको साथै स्वर्गीय नेता प्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।

श्रद्धान्जाली कार्यक्रममा नेबिसंघ बाग्लुंगका पूर्व अध्यक्ष नेपाली जनसम्पर्क समिति बेल्जियमका उपाध्यक्ष तथा प्रतिष्ठानका सदस्य माधव सापकोटा, नेपाल तरुण दल भक्तपुर जिल्लाका पूर्व अध्यक्ष दीर्घमान श्रेष्ठ, एन आर एन बेल्जियमका पूर्व अध्यक्ष यूवराज गुरुङ, एन डी एफ बेल्जियमका महासचिव गोपाल सिम्खडा, नेपाली जनसम्पर्क समिति लुभेन क्षेत्रका अध्यक्ष नरहरी सापकोटा, आन्त्रोपेन क्षेत्रका क्षेत्रीय कमिटि सचिव आर बी घले, सनातन धर्म सेवा परिषदका राम प्रसाद ढुंगाना, व्यवसायी संघका अध्यक्ष हरी थपलीया, महासचिव सी पी भट्ट, चितवन सहायता कोषकी उपाध्यक्ष पार्वती अधिकारी,यूरोकलाकार संघका अध्यक्ष पदम गुरुङ, ईन्द्र धनुष क्लवकी उपाध्यक्ष यसोदा थापा सदस्य पुनम शर्मा, ब्रसेल्स मिलन केन्द्रका प्रकाश कार्की, बाग्लुंग समाजकी उपाध्यक्ष कमला क्षेत्री, यूरो नेपाल खेलाडी संघका अध्यक्ष किसन के सी, विश्व मगर संघ बेल्जियमका लोक राना, तमू समाज बेल्जियमकी उपाध्यक्ष दुर्गा गुरुङ, सचिव खुशीमान गुरुङ, शेर्पा समाज बेल्जियमकी सचिव छिरिंग शेर्पा, बरिष्ठ समाज सेवी सहदेव गौतम लगाएत ले स्वर्गीय नेता भिम बहादुर तामाङ्प्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो भने श्रद्धान्जली सभामा अन्य उपस्थित महानुभावहरुले स्वर्गीय नेता तामाङ्को तस्बिरमा फूलको गुच्छा सहित भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु