अब सासबाटै पत्ता लाग्छ आँतको क्यान्सर :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अब सासबाटै पत्ता लाग्छ आँतको क्यान्सर

वैज्ञानिकहरुले क्यान्सरको परीक्षणका लागि एक नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् जस अनुसार अब तपाइँको सरीरको भित्री भागमा रहेको क्यान्सर पनि सजिलैसँग पत्ता लगाउन सकिनेछ ।

बि्रद टेष्ट अर्थात् स्वास परिक्षण भनिने यो पद्दतिमार्फत स्वासको परीक्षण गरी सरीरको भित्री अंगहरुमा क्यान्सर क्यान्सर भए नभएको कुरा एकिन गरिन्छ । खासगरी स्वासप्रस्वासका क्रममा फ्याँकिएको सासमा भएको रसायनहरुको परीक्षण गरी उक्त रसायनहरुमा ट्युमर बनाउने क्षमता भए नभएको कुराको परीक्षण गरिन्छ ।

बि्रटिस जर्नल अफ सर्जरीले यो परीक्षणबाट प्राप्त हुने नतिजा ७६ प्रतिशत सम्म सही हुने दाबी गरेको छ ।

वैज्ञानिकहरुले यस्तो विधि मधुमेह तथा क्षयरोगको परीक्षणमा पनि प्रयोग गर्न सकिन्छ की भन्ने कुराको अनुसन्धान गरिरहेको बताएका छन् ।

अहिलेसम्म पेट लगायत सरीरको भित्रि भागको क्यान्सरको जाँचका लागि दिसासँगै आउने रगतको परीक्षण गर्नुपर्छ । यस्तो परीक्षणबाट सरीरका केही निश्चित भागको क्यान्सरका बारेमा मात्र पत्तो लाग्छ ।

पछिल्लो प्रविधि यस्तो मान्यतामा आधारित छ की क्यान्सर ट्यूमरले सरीरमा विशेष प्रकारको अस्थिर यौगिक निर्माण गर्छ । यस्तो यौगिक मानिसको स्वासको माध्यमबाट केही मात्रामा बाहिर आउँछ । अझ रोचक कुरा त के भने यो प्रविधिको सहायताले कुकुरले समेत मानिसको सरीरभित्र क्यान्सर भए नभएको कुरा पत्ता लगाउन सक्छ । सुरुवाती अध्ययनबाट यो पत्ता लागेको छ की यसको परीक्षणका लागि कुकुरलाई समेत तालिम दिन सकिन्छ ।

दक्षिण इटालीको बारी शहरका चिकित्सकहरुको एक टोलीले यस क्रममा ३७ जना क्यान्सर रोगी तथा ४१ जना सामान्य निरोगीहरुको स्वासको नमूना लिएर परीक्षण गरेका थिए । यस क्रममा स्वासको परीक्षणबाटै क्यान्सर भएका र नभएका मानिस छुट्टाउन सकिएको थियो । तरपनि यो प्रविधिलाई आम प्रयोगको स्तरसम्म लैजान अझै धेरै काम गर्न बाँकी रहेकेा विज्ञहरुको भनाइ छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु