शनिको उपग्रहमा पनि ‘नाइल नदी’ (भिडियो सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

शनिको उपग्रहमा पनि ‘नाइल नदी’ (भिडियो सहित)

जिवको अस्तित्व सम्भव रहेको भनिएको शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह टाइटनमा पृथ्वीको सबैभन्दा लामो नदि नाइल जस्तै नदी फेला परेको छ । यद्यपि यो नदीमा पानी होइन तरल हाइड्रोकार्वन रसायन बगिरहेको छ । वैज्ञानिकहरुले टाइटनको यो नदीलाई पृथ्वीको नाइलको जुम्लाहा को संज्ञा पनि दिएका छन् ।

नासाको अन्तरीक्षयान क्यासिनीले टाइटनमा २५० माइल लामो नदी तथा त्यसको आसपासको विशाल उपत्यकाको स्पष्ट तस्वीर खिच्न सफल भएको छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वी बाहेक ब्रम्हाण्डका अरु पिण्डहरुमा यस्तो नदी देखिएको यो पहिलोपटक हो । यो नदी टाइटनको उत्तरी ध्रुविय क्षेत्र पार गर्दै उत्तरी अक्षांसका तिन ठूला समुद्रमध्येको एक लिगेइया मेरमा गएर मिसिने बताइएको छ ।

चन्द्रमा भन्दा ८० प्रतिशत ठूलो टाइटनमा बाक्लो वायुमण्डल रहेको बताइन्छ । उक्त बायुमण्डलमा इथेन र मिथेनको मात्रा अत्यधिक छ ।

 हेर्नुस् भिडियो

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु