जापानमा एलडीपीले जित्ने निश्चित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जापानमा एलडीपीले जित्ने निश्चित

सिन्जो आबेइ पुनः प्रधानमन्त्री बन्ने

१ पुस, टोक्यो । जापानमा आइतवार सम्पन्न आम निर्वाचनमा दक्षिणपंथी लिवरल डेमोक्रेटिक पार्टीले जित्ने लगभग निश्चित भएको छ ।

सन् २००९ अघि करिव ५० बर्षसम्म अबिछिन्न शासन चलाएको एलडीपीले तल्लो सदनमा स्पष्ट बहुमत पाउने निर्वाचनको प्रारम्भिक नतिजाले देखाएको छ । एनएचके टेलिभिजनले ४८० सिटको तल्लो सदनमा एलडीपीले २ सय ७० देखि ३ सय सिट प्राप्त गर्ने अनुमान गरेको छ । अहिलेको संसदमा उसले जम्मा १ सय १८ सिट पाएको थियो ।

दोस्रो बिश्वयुद्धपछि धेरै समय जापानमा शासन गरेको एलडीपीले पुनः सत्ता चलाउने अबसर पाउने निश्चितजस्तै भएको छ । एलडीपीका नेता सिन्जो आबेइ दोस्रोपटक प्रधानमन्त्री चुनिने छन् ।

सत्तारुढ डेमोक्रेटिक पार्टीले भने एक सय सिटभन्दा कम ल्याउने अनुमान गरिएको छ । चार बर्षअघि सत्तामा आएको डेमोक्रेटिक पार्टीले अपेक्षित सुधार गर्न नसकेको र चीनसँगको तनावमा कडा नीति अपनाउन नसकेको भन्दै जनता निराश भएको जापानी संचारमाध्यमहरुले जनाएका छन् । सन् २०११ को सुनामीले पनि वर्तमान सरकारलाई घाटा पुर्‍याएको अनुमान गरिएको छ ।

सिन्जोको पुनआगमनको अर्थ अब जापानको बिदेश नीति कडा हुने र चीन तथा उत्तर कोरियासँग थप तनाव बढ्नु रहेको संचारमाध्यमहरुले बताएका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु