नेपाली प्राध्यापकलाई अष्ट्रेलियामा विश्वस्तरको सम्मान :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

नेपाली प्राध्यापकलाई अष्ट्रेलियामा विश्वस्तरको सम्मान

ऋषि आचार्य

२ पुस, ब्रिसवेन । अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका नेपाली वैज्ञानिक भेष भण्डारी खाद्यप्रविधि क्षेत्रको विश्वस्तरको पुरस्कारबाट सम्मानित हुनु भएको छ । केही समयअघि चीनमा भएको इन्टरनेसनल ड्राइङ कमिटीको सम्मेलनमा ‘एक्सीलेन्स इन ड्राइङ अवार्ड’ बाट डा. भण्डारी सम्मानित हुनु भएको हो । विश्वका उत्कृष्ट र प्रख्यात अनुसन्धानकर्ता  तथा बैज्ञानिकहरुको भेलामा डा. भण्डारीलाई यो सम्मान वितरण गरिएको थियो ।

क्वीन्सल्याण्ड विश्वविद्यायका प्राध्यापक डा. भण्डारी र अर्का अनुसन्धानरत विद्यार्थी ए विन होले फलफूललाई लामो समयसम्म सुरक्षित राख्न नयाँ प्रविधि विकास गरेका थिए । डा. भण्डारीका अनुसार फलफूललाई सुरक्षित र चाँडै पकाउन कृतिम ग्यास दिने चलन छ । अझ कम विकसित देशहरुमा क्याल्सियम कार्बाईड सोझै फलफूलमा राखिन्छ जुन प्रबिधिले पाकेको खनेकुरा खाँदा क्यन्सरसम्म हुन सक्ने भएकाले यो प्रविधि अब संन्सारबाटै हट्दै छ । क्वीन्सल्याण्ड विश्वविद्यायको स्कुल अफ एग्रीकल्चर एण्ड फुड साइन्सले विकास गरेको प्रविधि अनुसार अब फलफूलमा विशेष प्रकारको धुलो (पउडर)को प्रयोग गरेपछि फलफूलहरु खान योग्य हुनेगरी पाक्छन् । यसअघि इथालेन ग्यास आँप, केरा एबोगार्डो गोलभेडा लगाएका फलफूलहरु पकाउनका लागि प्रयोग गरिन्थ्यो ।  भण्डारीले भने ‘यस्तो ग्यास प्रयोग गर्दा आगलागी र दुर्घटनाको डर धेरै हुन्थ्यो ।’

डा. भण्डारीको टोलीले विभिन्न जैविक तथा बातावरण मैत्री पदार्थ प्रयोग गरेर विकास गरेको धुलोले अब इथालेन ग्यास र क्याल्सियम कार्बाईड विस्थापित गर्नेछ । नयाँ प्रविधिका कारण अव फलफूललाई भण्डारण गर्ने र ग्यास दिएर पकाउने समस्या हल भएको छ । अव सिधै खेतबाट बजारसम्म लैजादै गर्दा बाटोमा नै ट्रक भित्र खानेकुरा पाक्ने छन् । २० वर्ष अघि अष्ट्रेलिया आउनु भएका भण्डारीको पुर्ख्यौली घर नेपालको प्युठान जिल्लामा हो । भारतमा डेरी टेक्नोलोजी पढेका उहाँले केही समय नेपालको दुग्ध विकास संस्थानमा समेत काम गर्नुभएको थियो । एआईटी बैँककबाट स्नाकोत्तर र फ्रान्सबाट विद्यावारिधि गरेपछि उहाँ अष्टेलिया आउनु भएको हो  ।

यो आविस्कारले खाद्य प्रविधिको क्षेत्रमा क्रान्ति ल्याउने विज्ञहरुको भनाई रहेको छ । अहिले नै विश्वका विभिन्न देशहरुबाट उत्पादनको माग आउन थालेको  भण्डारीले जानकारी दिनुभयो ।  विश्वविद्यालयको युनीक्वेस्ट भन्ने कम्पनीले ब्यवसायिक रुपमा यो धुलोको उत्पादन शुरु गर्दै छ । सन् २०१३ देखि  भण्डारीले बिकाश गरेको प्रबिधिबाट बनेको धुलो बजारमा आउने छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु