भारतमा १४ हजार वेबसाइट ह्याक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

भारतमा १४ हजार वेबसाइट ह्याक

भारतमा यो वर्ष सन् २०१२ को सुरुका १० महिनामै १४ हजार भन्दा बढि वेबसाइट ह्याक भएका छन् ।

साइबर अपराधीहरुको बिगबिगी बढ्ने क्रममा यो अक्टोबर सम्ममा १४ हजार वेबसाइट ह्याकरहरुको सिकार बनिसकेको बताइएको छ । सन् २००९ यता वेबसाइट ह्याक हुने क्रम ५७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार सन् २००९ मा भारतमा ९ हजार १८० वटा वेबसाइट ह्याक भएकोमा यो वर्षको १० महिनामै १४ हजार ३ सय ९२ वटा वेबसाइट ह्याक भैसकेका छन् । अघिल्लो वर्ष १४,२३२ वटा वेबसाइट ह्याकरहरुको निसाना बनेका थिए । सन् २०१० मा भने १६ हजार भन्दा बढि वेबसाइट ह्याक भएका थिए ।

भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमका अनुसार भारतमा साइबर अपराधी तथा ह्याकरहरुको आक्रमणमा तिब्रता आएको छ । साइबर अपराध नियन्त्रणका लागि सरकारले सन् २००९ यता ६ वटा साइबर सुरक्षा कार्यक्रम लागु गरेपनि त्यसले ठूलो प्रभाव भने छाड्न सकेन । संचार तथा सूचना प्रविधि मन्त्री कपिल सिबलका अनुसार मन्त्रालय तथा विभागहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीको नियमित परीक्षण गर्न निर्देशन दिइएको छ, ता की सरकारी वेबसाइटहरु ह्याकरको निसानामा नपरुन् । सरकारी सतर्कताका बाबजुत यो वर्ष २९४ वटा विभिन्न सरकारी वेबसाइट समेत ह्याक भइसकेका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु