गाउँघरतिर बिरालोले दुध चोरेर हैरान बनाउँछ । त्यसैले बिरालोलाई दुध चोर को उपमा दिइन्छ । तर बेलायतमा एउटा यस्तो बिरालो छ जसले दुध होइन तालाचाँबी चोरेर हैरान पार्छ ।
माइलो नामको उक्त बिरालोलाई चाँबी चोर्दा निकै मज्जा आउँदो रहेछ, त्यसैले चाँबी चोर्नु यसको आदतै बनेको छ । यो बिरालो घरघरमा घुसेर चाँबी चोर्ने गर्छ ।
पछिल्लो समय लण्डनस्थित यो बिरालो पालिएको घर आसपासका घरहरुमा चाँबी हराउने घटना बढेपछि चाँबीचोरको खोजी तिब्र भयो । आखिर त्यो चाबीचोर कुनै मान्छे नभएर माइलो बिरालो भएको कुराको पोल तब खुल्यो जब त्यो बिरालाका मालिकले उसको घाँटीमा चुम्बक सहितको माला बाँधिदिए ।
हुनत माइलोका मालिक क्रिस्टन एलेक्जेन्डरलाई आफ्नो बिरालोले त्यस्तो हरकत गर्ला भन्ने कत्तिपनि लागेको थिएन । दिउसो काममा जानुपर्ने भएकाले घरमा बिरालाले के कर्तुत गर्छ ? भन्ने कुरो उनलाई थाहा हुने विषय पनि भएन । तर घर आसपासको बगैँचामा विभिन्न चाँबी देखेपछि उनलाई शंका लागेर बिरालोको घाँटीमा चुम्बक बाँधिदिएका थिए । जब एकदिन क्रिस्टनले माइलोलाई घाँटीको चुम्बकमा टाँसिएको चाँबी सहित रंगेहात पक्राउ गरे तब बल्ल उसको पक्का भयो छिमेकीका चाँबी चोर त माइलो पो रहेछ । उनी आफ्नो चाँबीचोर माइलोको हरकत देखेर मरीमरी हाँसे । कुनै चोरले टोलभरीका चाँबी चोर्न थालेको अनुमान गर्न थालेका स्थानीय मानिस पनि बिरालोले चाँबी चोरेको थाहा पाएपछि तिनछक परे । हरे, किन चाँबी चोरेको होला यो माइलोले ।
khelauna samjhera hola
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
musa jasto dekhera hola
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]