आर्ट ग्यालरी, जहाँ चित्रकी युवतीले लात्ताले हान्छिन् (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

आर्ट ग्यालरी, जहाँ चित्रकी युवतीले लात्ताले हान्छिन् (फोटोफिचर सहित)

आर्ट ग्यालरीमा कलाकृति हेर्न जाँदा भित्तामा टाँसिएको चित्रले तपाइँलाई कहिल्यै लात्ताले हानेको छ ? पक्कैपनि छैन होला । किनकी क्यानभासमा खिचिएका ती चित्र क्यानभासबाट बाहिर निस्केर लात्ताले हान्ने कुरै भएन । तर चीनको तियान्जिनस्थित एक मलमा भएको चित्रकला प्रदर्शनीमा पुग्नेलाई चित्रमा रहेकी एक युवतीले लात्ताले हान्नेछिन् भने मोनालिसाले दाहिने हातको चोरी औँलाले तपाइँको लुगा अड्काइदिनेछिन् । यतिमात्र होइन तपाइँले चित्रैमा रहेको एक भुसतिघ्रे मानिसको हातबाट वाइन पिउन सक्नुहुन्छ ।

हो, यो विचित्रको चित्रकला प्रदर्शनीमा पुग्ने जो कोहीलाई पनि अनौठो अनुभुति हुन्छ । त्यहाँ प्रदर्शनमा रहेका चित्रकला सामान्य दुइ आयामिक चित्र नभएर थ्री डी चित्र हुन् । त्यसैले प्रदर्शनीमा पुग्नेहरुले ती चित्रमा भएका वस्तु तथा मानिससँग साँच्चीकै साक्षात्कार गरेको अनुभुति गर्न पाउँछन् । हेरौँ थ्री डी चित्रकलाका यी स्वरुप

3 Comments on “आर्ट ग्यालरी, जहाँ चित्रकी युवतीले लात्ताले हान्छिन् (फोटोफिचर सहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु