हालै सार्वजनिक भएको एक तथ्यांकले विश्वमा वायु प्रदुषणका कारण वर्षेनी ३२ लाख जनाले ज्यान गुमाउने गरेको देखाएको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल बर्डन अफ डिजिज’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा वायुप्रदुषणका कारण हुने मृत्युमध्ये ६५ प्रतिशत एसियामा हुन्छन् र त्यसको झण्डै एक चौथाइ भारतीय छन् । तथ्यांक अनुसार वायु प्रदुषण विश्वमा मानिसको ज्यानै लिने दश प्रमुख कारक तत्वमध्ये एक बनेको छ ।
वायु प्रदुषण मानव स्वास्थ्यको मुख्य चुनौति बनेको भन्दै प्रतिवेदनमा पछिल्लो १२ वर्षमा वायु प्रदुषणका कारण मर्नेको संख्या ३ सय प्रतिशतले बढेको उल्लेख छ ।
वायु प्रदुषणबाट धेरै मान्छेले ज्यान गुमाउने क्षेत्रमा दक्षिण एसिया निकै अगाडि छ । दक्षिण एसियामा उच्च रक्तचाप, धूमपान, घरभित्रको प्रदुषण, दुषित खाना तथा मधुमेहपछि वायु प्रदुषण मान्छेको ज्यानै लिने छैटौँ महाकाल बनेको छ ।
नेपाल मा वायु प्रदुषण बाट बर्ष मा कति को ज्यां जन्छा भन्ने कुनै तथ्यंक छैन तर मलाई लग्छ नेपाल मा पनी भारत मा भन्दा कम भने छैन / कस्लाई कसको मतलब छ र यहाँ? नेता ली कुर्शी को मतलब, सरकारी कर्मचारी लाई घुस खाने रा देश लाई कंकाल बनाउन नै फुर्सद छैन !!!!! नेपाली हरु को दुर्भाग्य !!!!!!!!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]