एक मोबाइलले डुबाएको देश :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एक मोबाइलले डुबाएको देश

एक समय विश्वभरको मोबाइल फोन बजारमा फिनल्याण्डको कम्पनी नोकियाको वर्चस्व थियो । तर, एकपछि अर्को गर्दै नयाँ नयाँ स्मार्टफोन आए र नोकियाको दबदबा घट्दै गयो ।

कम्पनीको घट्दो बजारको सिधा असर कर्मचारीमा पर्‍यो र हजारौंको जागिरमा खतराको घण्टी बज्यो । विश्वबजारमा नोकियाको दबदबा समाप्त भएसँगै उसका कर्मचारी, सेयरधनी मात्रै घाटामा परेनन्, फिनल्याण्डको अर्थव्यवस्थामा पनि ठूलो असर परेको छ ।

त्यहाँका प्रधानमन्त्री जिर्की केटइनेनले पनि यसलाई स्वीकार गर्दै नोकियाले फिनल्याण्डको अर्थतन्त्रका लागि सकारात्मक भूमिका निभाएको बताए ।

सन् २००० मा फिनल्याण्डको कुल ग्रहस्थ उत्पादन (जीडीपी)मा नोकियाको ४ प्रतिशत योगदान थियो । तर, सन् २००१ मा यो घटेर आधा प्रतिशतमा झर्‍यो । सन् २०१२ को जुनमा नोकियाले कर्मचारी कटौतीको अभियान थाल्दै दश हजार कर्मचारी बेरोजगार हुने घोषणा गर्‍यो । जसमा ३ हजार ७ सय फिनल्याण्डको हुनेछ, जुन नोकियाको त्यहाँको कर्मचारीको कुल संख्याको झण्डै ४० प्रतिशत हो । गत वर्ष अपि्रलमा कम्पनीले कर्मचारीहरुको स्वरोजगारका लागि प्रेरित गर्ने एक विशेष कार्यक्रम सुरु गरेको थियो, जसमा आर्थिक सहयोग पनि उपलब्ध गराइएको थियो ।

फिनल्यण्डमा नोकियाका ती पूर्व कर्मचारीहरुले २ सय २० भन्दा बढी प्रतिष्ठान खोलिसकेका छन् । जोला मोबाइलका सह-संस्थापक एवं मुख्य कार्यकारी अधिकारी मार्क डिलन नोकियाका लागि १० वर्षसम्म काम गरेर गत वर्षमात्र कम्पनीबाट बाहिरिएका थिए ।

फिनल्याण्डको भविश्य

हेलसिंकीमा आयोजित स्लश कन्फ्रेन्सले फिनल्याण्डको भविश्यबारे एक नयाँ आयाम दिएको छ । त्यहाँ ५ सय कम्पनी र २ सय लगानीकर्ता भेला भएर केही नयाँ योजना बनाएका छन् ।

रोवियोका मार्केटिङ अफिसर पीटर वेस्टरबेकाले ५ वर्षपहिले स्लशको स्थापना गरेका थिए, जसले एङ्ग्री बर्ड नामक भिडियो गेम बनाएका थिए । उनले भनेका छन्-’कारोबारका हिसाबले नयाँ-नयाँ प्रयोगका लागि फिनल्याण्ड विश्वको सबैभन्दा राम्रो स्थान मध्ये एक हो । एङ्ग्री बर्ड हलिउड वा क्यालिफोर्नियाको देन हैन, स्लशी स्ट्रीटको उपज हो ।

उनको दावी अनुसार नोकिया पछि पनि फिनल्याण्डमा केही यस्तो हुँदैछ, जसमा कारोबार सिर्जनात्मक हुन्छ । तर, के यस्तो प्रयोगले नोकिया जस्तै विश्वभर नाम कमाउन सक्छ या फिनल्याण्डमै सिमित हुन्छ, यसको जवाफका लागि भने केही कुर्नु पर्ने हुन्छ ।–एजेन्सी

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु