ए डिभिजन लिग फुटबलमा आरसीटीद्वारा मच्छिन्द्र पराजित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

ए डिभिजन लिग फुटबलमा आरसीटीद्वारा मच्छिन्द्र पराजित

४ पुस, काठमाण्डौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसीटी मच्छिन्द्रलाई पराजित गरेको छ ।

बुधबार भएको खेलमा आरसीटीले ४-० को जित हात पार्दै मच्छिन्द्रको अपराजित यात्रामा पूर्णविराम मात्र लाएन, अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । आरसीटीको ७ खेलबाट १७ अंक भएको छ भने दोस्रो स्थानमा झरेको मच्छिन्द्रको समान खेलबाट १६ अंक रहेको छ ।

त्रिपुरेश्वरस्थित दरशथ रंगशालमा भएको आरसीटीले १० औं मिनेटमा नै शेखर लिम्बुको गोलबाट अग्रता लियो । उनको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो । खेलको २६ औं मिनेटमा कर्ण लिम्बु वान भर्सज वानमा चुक्दा मच्छिन्द्रले बराबरी गर्न मौका गुमायो ।

त्यसलगतै विसाल राईको प्रहार बारमाथिबाट बाहिरियो । खेलको ४२ औं मिनेटमा कोमल खवासले आसीटीको अग्रता दोब्बर पारे भने पहिलो हापको अन्त्यमा युगल किशोर राईले गोल गर्दै आरसीटीलाई ३-० को अग्रता दिलाए ।

मच्छिन्द्रले खेलमा र्फकने प्रयास गरिरहेकै बेला ६९ औं मिनेटमा अमर डंगोलले आरसीटीका लागि चौथो गोल गरे । त्यसपछि खेलमा दुबैतर्फबाट गोल हुन सकेन र आरसीटीले ४-० ले खेल आफ्नो पक्षमा पार्‍यो ।

अर्को खेलमा संकटाले हिमालयन शेर्पालाई १-० गोल अन्तरले पराजित गरेको छ । संकटाका लागि खेलको ५१ औं मिनेटमा रितेश खड्काले विजयी गोल गरे ।

जितपछि संकटा ७ खेलबाट १२ अंकका साथ पाँऔं स्थानमा उक्लिएको छ भने हिमालयन शेर्पा ४ अंकका साथ रेलिगेशन जोनमा छ ।

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु