४ पुस, काठमाडौं । महारानी एजिलावेथ द्धितीयले मन्त्रिपरिषद् बैठकमा भाग लिनु भएको छ । प्रधानमन्त्रीको निवास १० डाउनिङ स्ट्रीटको भ्रमणका क्रकमा उहाँले मन्त्रिपरिषद् बैठकमा भाग लिनु भएको हो ।
सन् १७८१ मा अमेरिकी स्वतन्त्रता संग्रामपछि बेलायतको मन्त्रिपरिषद् बैठकमा सहभागी हुने एजिलाबेथ राज परिवारको पहिलो सदस्य हुनुहुन्छ । महारानी एजिलावेथले मन्त्रीहरुसँग पनि भेट गरेका छन् । मन्त्रिपरिषद् बैठकमा महारानी एजिलाबेथ प्रधानमन्त्री डेविड क्यामरुनको स्थानमा बस्नु भएको थियो भने क्यामरुन र विदेशमन्त्री विलियम हेद दुबै छेउमा बस्नु भएको थियो ।
यसलाई अविस्मरणीय बनाउन अन्टार्कटिकाको दक्षिणी भागलाई क्वीन एलिजावेथ नामाकरण गरिएको छ । विदेश मन्त्रालयका अनुसार यस इलाकाको क्षेत्रफल १ लाख ६९ हजार वर्गमील फैलिएको छ ।
अन्टार्कटिकोको एक भाग यसअघि नै राजकुमारी एलिजावेथको नामले चिनिन्छ । राजगद्दीमा बस्नु अघि नै यो नामाकरण गरिएको थियो ।