स्पाम मेलबाट कसरी पाउने छुटकारा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

स्पाम मेलबाट कसरी पाउने छुटकारा ?

इन्टरनेटमा दिनहुँ करोडौँ इमेल आदान प्रदान हुन्छन् । तर यी मध्ये झण्डै आधाजसो स्पाम इमेल हुन्छन् । कामै नलाग्ने स्पाम मेल आफ्नो इमेल ठेगानामा आउँदा तपाइँ पनि दिक्क हुनुभएको छ होला ।

वास्तवमा स्पाम मेलमा खासगरी कम्पनीहरुका विज्ञापन वा विभिन्न प्रकारका अफर तथा सूचनाहरु देख्न पाइन्छ जो उक्त इमेल प्रापकको सरोकारको विषय हुँदैन । कहिलेकाहीँ यस्ता स्पाम मेल खतरनाक पनि हुन्छन् अर्थात् यी स्पाम मेलमा भाइरस पनि पठाइन्छ । भाइरस भएका यस्ता स्पाम मेल खोल्नुभयो भने त्यसले तपाइँको कम्प्युटरको हार्डडिस्कका डाटालाई समेत नष्ट गरिदिन सक्छ ।

वास्तवमा स्पाम मेल इमेल प्रयोगकर्ताको टाउको दुखाइ नै हो र यसलाई दिनहुँ डिलिट गर्दा गर्दा सायद तपाइँ पनि हैरान हुनुभएको छ होला । तर अब तपाइँले दिनहुँ स्पाम मेल डिलिट गर्ने दुख व्यहोर्नुपर्ने छैन । तपाइँले आफ्नो इमेल ठेगानामा यस्ता स्पाम मेल ब्लक गर्न सक्नुहुन्छ । त्यसका लागि निम्न तरिका अपनाउनुहोस् :

यदि तपाइँ जिमेल प्रयोग गर्नुहुन्छ भने सुरुमा आफ्नो इमेल अकाउण्टमा लगइन गर्नुहोस् । त्यसपछि सेटिङ अप्सनमा क्लिक गर्नुहोस्, सेटिङ आइकनमा क्लिक गरेपछि त्यहाँ एउटा फिल्टर अप्सन खुल्नेछ, त्यहाँ तपाइँले तपाइँलाई दुख दिइरहने स्पाम इमेलको ठेगाना लेख्नुहोस्, स्पाम मेलको ठेगाना लेखेसँगै चूज एक्सन बक्समा रहेको डिलिट अप्सनमा टिक लगाउनुहोस् र सेटिङ सेभ गर्नुहोस् । यसो गरिसकेपछि तपाइँको मेल बक्समा आउने स्पाम मेल आफै डिलिट हुनेछन् ।

यदि तपाइँ याहू मेल प्रयोग गर्नुहुन्छ भने सुरुमा इमेल अकाउण्ट लगइन गर्नुहोस् । दायाँ तर्फ रहेको अप्सनमा क्लिक गर्नुहोस् । अप्सनमा क्लिक गर्दा एक ड्रप डाउन मेनू खुल्नेछ, जसमा मोर लेखिएको अप्सन छान्नुहोस् । त्यसपछि बायाँतर्फ रहेको फिल्टर बक्सलाई सेलेक्ट गर्नुहोस् र एडिट फिल्टरमा स्पाम मेल र साइटको नाम लेख्नुहोस् । त्यसभन्दा तल दिइएको मूभ टू ट्रास अप्सनमा टिक लगाउनुहोस् । अब तपाइँको इमेल एकाउण्टको मेल बक्समा कुनैपनि स्पाम मेल आउनेछैन ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु