४ पुस, काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाको नयाँ वरियता क्रममा नेपाल २ स्थान तल झरेको छ । फिफाले बुधबार सार्वजनिक गरेकेा नयाँ बरियता क्रममा नेपाल ८३ अंकका साथ १ सय ७१ औं स्थानमा पुगेको हो । यसअघि १ सय ६९ औं स्थानमा थियो ।
दक्षिण एशियामा माल्दिभ्स शीर्ष स्थानमा छ । १ स्थानमाथि उक्लिएको १ सय ३० अंकका साथ १ सय ५९ औं स्थानमा छ भने तीन स्थानमाथि उक्लिएको भारत ९६ अंकका साथ १ सय ६६ औं र बंगलादेश १ सय ६८ स्थानमा छ । १९ स्थान तल झरेको अफगानिस्तान १ सय ८६ औं स्थानमा पुगेको छ भने ९ स्थान तल झरेको पाकिस्तान १ सय ८९ र ८ स्थान तल झरेको श्रीलंका १ सय ९० औं स्थानमा छ भने भुटान २ सय ७ औं स्थानमा छ ।
स्पेन पहिलो, जर्मनी दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा कायमै छन् भने एक स्थानमाथि उक्लिएको इटली चौथो, तीन स्थानमाथि उक्लिएको कोलम्बिया चौथो स्थानमा आइपुग्दा इङ्गल्याण्ड पाँचौ स्थानमा कायमै छ । ५ स्थान तल झरेको ब्राजिल १८ औं स्थानमा छ भने जापान २ स्थानमाथि उक्लिएर २२ औं स्थानमा आइपुगेको छ ।