रेष्टुरेन्ट, जहाँ छिर्दैमा सनक चढ्छ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

रेष्टुरेन्ट, जहाँ छिर्दैमा सनक चढ्छ

यौन धन्दा हुने होटेल रेष्टुरेन्टमा खाना खाने बहानामा छिरेर कामवासना शान्त पार्ने प्रचलन हामीले देखेभोगेकाले सायद यो शीर्षक उतिसारो रोचक नबन्ला । तर यदि तपाइँले यो समाचार पूरै पढ्नुभयो भने पक्कै अनौठो मान्नुहुनेछ की दुनियामा यस्ता होटेल पनि हुँदा रहेछन् भनेर ।

हो, अर्जेन्टिनामा एउटा यस्तो रेष्टुरेन्ट छ, जसमा कुनै यौन धन्दा हुँदैन तर त्यहाँ छिर्ने बित्तिकै मानिसलाई कामवासनाले कुत्कुत्याउँछ वा सेक्सको सनक चढ्छ ।

टेमटार रमीर नामको उक्त रेष्टुरेन्टमा भोजन जति मीठो छ त्यसको मादकता उत्तिकै रमाइलो छ ।

रेष्टुरेन्ट छिर्ने बित्तिकै ग्राहक जुन सोफामा बस्छन् त्यसको ठीक अगाडि भित्तामा कामसूत्रका विभिन्न चित्र बनाइएको छ । त्यसमा विभिन्न यौनक्रियालाई सचित्र रुपमा देखाइएको छ । हरेक पेंटिङमा तपाइँ विभिन्न अलग अलग यौन क्रिडा तथा आसन देख्न सक्नुहुन्छ । रेष्टुरेन्टको टेबल तथा कुर्सीको बनावट पनि यौन अंगको जस्तो छ । रेष्टुरेन्टको भित्री वातावरण कामूक बनाउनका लागि रातो रंगको प्रकाशको व्यवस्था गरिएको छ ।

रेष्टुरेन्ट छिर्ने बित्तिकै ग्राहकको हातमा एक मेनु पर्छ । रातो रंगको उक्त मेनुमा समेत एक से एक कामुक चित्र छन् । केवल चित्र मात्र कामुक छैनन् खानाका परिकारको नाम पनि उस्तै सेक्सी छ । जस्तै ‘टेस्ट जसले तपाइँलाई सम्भोगका लागि प्रेरित गर्छ’, ‘रातमा कुनै केटीको बासनाले पनि मलाई उत्तेजित गर्छ’, आदि आदि ।

खानाका सबै परिकारको व्याख्या गर्नका लागि कामुक वाक्यहरुको प्रयोग गरिएको छ । यो रेष्टुरेन्टमा धेरै खाना शाकाहारी छन् भने माछा, प्रउन, चिकन तथा मटनका १०० भन्दा बढि परिकार समेत उपलब्ध छन् । यस्तो विचित्रको रेष्टुरेन्ट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा अवस्थित छ ।

3 Comments on “रेष्टुरेन्ट, जहाँ छिर्दैमा सनक चढ्छ”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु