सरीरमा कोलेस्ट्रोल घटाउन कस्तो भोजन गर्ने ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सरीरमा कोलेस्ट्रोल घटाउन कस्तो भोजन गर्ने ?

कोलेस्ट्रोल सरीरमा प्राकृतिक रुपमा निर्माण हुने एक पदार्थ हो । कोलेस्ट्रोलका दुइ प्रकार, एचडीएल र एलडीएल मध्ये एलडीएल हानिकारक मानिन्छ । सरीरमा यो कोलेस्ट्रोलको मात्रा उच्च हुँदा त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।

त्यसैले सरीरमा यसको नियन्त्रण गर्नु निकै महत्वपूर्ण हुन्छ । सरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नुमा अस्वस्थकर भोजन नै मुख्य कारक हो । त्यसैले सन्तुलित र स्वस्थ भोजन ले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ । कसरी घटाउने त कोलेस्ट्रोल:

१. अत्यधिक बोँसोयुक्त खानाबाट बच्नुहोस् ।

२.फाइबर युक्त खाना जस्तै रोटी, दाल, गेडागुडी लगायतका खाना नियमित सेवन गर्नुहोस् ।

३. हरियो सागपात र फलफूललाई आफ्नो भोजनमा अधिकाधिक समावेश गराउनुहोस् ।

४. अरु मासु भन्दा माछाको मासु खाने बानी बसाल्नुहोस् ।

५. नियमित तथा सन्तुलित भोजनमा जोड दिनुहोस् । कहिले अत्यधिक खाने र कहिले भोकै बस्ने नगर्नुहोस् ।

3 Comments on “सरीरमा कोलेस्ट्रोल घटाउन कस्तो भोजन गर्ने ?”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु