४ पुस, काठमाडौं । ट्रिनिटीले शहीद बेनोज स्मृति पाँचौं अन्तरकलेज (प्लस टु) बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ट्रिनिटीले नेसनल क्याम्पसलाई ४९-३८ ले पराजित गर्यो । ‘मोस्ट भेलुएवल प्लेयर’ समेत घोषित ट्रिनिटीका कृष्ण महर्जनले १३ अंक जोडे । त्यसवापत कृष्णले १० हजार नगद पुरस्कार जिते । उपाधिसंगैट्रिनिटीले ५० हजार तथा उपविजेता नेसनलले ३० हजार नगद हात पारे ।
प्राइमले भीएस निकेतनलाई ५५-४९ ले हराउदै तेश्रो भयो । प्राइमले १५ हजार तथा भीएस निकेतनले ६ हजार नगद पुरस्कार पाए । अनेरास्ववियु (क्रान्तिकारी), जिल्ला समिति काठमाडौंको आयोजनामा मंसिर २४ गतेदेखि सुरु भएको प्रतियोगितामा ४९ ब्वाइज टिमले प्रतिस्पर्धा गरेका थिए ।
बेनोज स्मृति बास्केटबल भोलिदेखि
शहीद बेनोज स्मृति पाँचौं अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
प्रतियोगितामा ६३ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका उपाध्यक्ष सम्पूर्ण अधिकारीले जानकारी गराए । पहिलो हुनेले ५५ हजार ५ सय ५५, दोश्रोले ३३ हजार ३ सय ३ तथा तेश्रो हुनेले ११ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएवल प्लेयर’ लाई १० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । नकआउट आधार सञ्चालन हुने प्रतियोगिताको फाइनल पुस १५ गते हुनेछ ।