५ पुस, काठमाण्डौ । थ्री स्टार क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजिन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मध्यपुर युथ एसोसिएशनलाई २-० गोल अन्तरले हराउँदै थ्री स्टार शीर्ष स्थानमा उक्लिएको हो ।
थ्री स्टारको जितमा खेलको ७१ औँ मिनेटमा इब्राहिन र ७५ औँ मिनेटमा सन्तोष साहुखलले गोल गरे । थ्री स्टार ७ खेलबाट ६ जित र १ हारसँगै १८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने मध्यपुर ७ खेलवाट ७ अंकका साथ लिग तालिकाको ११ औँ स्थानमा छ ।
अर्को खेलमा उपाधिको दावेदार मानिएको मनाङ मस्र्याङ्दी जाउलाखेल युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको छ । बरारबरीपछि मनाङ ७ खेलबाट १५ अंकका साथ चौथो स्थानमा कायमै छ ।
मनाङले ६८ औँ मिनेटमा स्टेफेनको गोलबाट अग्रता लिएको थियो । तर, केही मिनेट सम्हालिन नसक्दा गोल खानपुग्यो । ८९ औँ मिनेटमा जूमाले जाउलाखेलका लागि बराबरी गोल फर्काए