चेल्सी क्यापिटल वान कपको सेमिफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

चेल्सी क्यापिटल वान कपको सेमिफाइनलमा

५ पुस, काठमाडौं । चेल्सी क्यापिटल वान कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।

क्लब बल्र्डकप फुटबलको फाइनलमा ब्राजिलियन क्लब कोरेयन्थिन्ससँग हार ब्यहारेपछि चेल्सीको यो पहिलो जित हो । अब उपाधिका लागि चेल्सीले स्वान्सीसँग खेल्नेछ भने एस्टनभिल्लाले ब्राडफोर्डको सामना गर्नेछ ।

खेलमा अग्रता भने लिड्सले लिएको थियो । ३७ औं मिनेटमा लुसिओनाले गोल गर्दै लिड्सलाई अग्रता दिलाए । तर, दोस्रो हापमा उत्कृष्ट पुरागमन गरेको चेल्सीका लागि ४७ औं मिनेटमा माटाले बराबरी गोल फर्काए ।

त्यसपछि लिड्समाथि गोलको बर्षा गरेको चेल्सीका लागि ६४ औं मिनेटमा इभानोभिच ६६ औं मिनेटमा मोसेस, ८१ औं मिनेटमा हेजार्ड र ८४ औं मिनेटमा फर्नान्डो टोरेसले गोल गरे ।

One Comment on “चेल्सी क्यापिटल वान कपको सेमिफाइनलमा”
  • khadak Rawal wrote on 23 December, 2012, 8:19

    चेल्सी ले जित्नु पर्छ किनकी यूरा ेच्याम्पेनसिप कप तथा इङ्गलिस प्रिमियर कप बाट बाहिरीको छ ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु