के छापियो बिहीवारका दैनिक पत्रिकामा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

के छापियो बिहीवारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल पुस ५ गते बिहीवार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईवीच सरकार छाड्ने बिषयमा मतभेद भएको बिषयलाई प्राथमिकताका साथ छापेका छन् । मतभेदकै कारण प्रधानमन्त्रीले आफ्नै पार्टीको वैठक बहिस्कार गरेको खवर छापिएको छ ।

नागरिक दैनिकले प्रधानमन्त्रीले पद छाड्न नमाने बाइकट गरेरै भएपनि अघि बढ्न माओवादी अध्यक्ष प्रचण्डसहितका बिपक्षी नेताहरु सहमत भइसकेको दावी गरेको छ । कान्तिपुर दैनिकले प्रधानमन्त्रीको सर्तले गर्दा सहमति गर्न अप्ठेरो भएको भन्दै प्रचण्डले अन्य दलसँग गुनासो गरेको खवर छापेको छ भने राजधानी दैनिकले प्रचण्ड र बाबुरामवीच सिधा टक्कर भएको खवर छापेको छ ।

प्रहरीमा पहिलोपटक कार्यक्षमताका आधारमा एसएसपीलाई डिआईजीमा बढुवा गरिएको, नेपालमा अब चालिस हजारमात्र भुटानी शरणार्थी बाँकी रहेको चितवनमा आतंक मच्चाउने हात्ती ध्रुवेलाई गोली हानिएको लगायतका खवरलाई पनि दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु