अध्यागमनमा लुटिएकी महिला गर्भवती :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अध्यागमनमा लुटिएकी महिला गर्भवती

५ पुस, काठमाण्डौं । सुन्दर भविष्यको सपना बोकेर खाडी पुगेका कलिला नेपाली चेलीहरु पेटमा बच्चा बोकेर आएका समाचार पुरानै हुन् । अव अर्की यस्ती चेली थपिएकी छन् जो खाडीमा सुरक्षित रहनि तर आफ्नो मुलुकमा पाइला टेक्नासाथ राजधानी मै बलात्कृत भइन् र पेटमा बच्चा बोकिन् ।

भोजपुरकी चेली (नाम सुरक्षित) ले तीन बर्ष साउदीमा दुःख गरेर कमाएको दुई लाख अध्यागमनका कर्मचारीले लुटे, उनलाई सान्तवना दिने भनेर बसपार्कसम्म पुर्‍याएका सुरक्षाकर्मीले अस्मितासमेत लुटेर रुवाउँदै घर पठाए ।

पोखराको एक होटलमा भाँडा माझ्ने उनलाई एक दलालले तीन वर्षअघि दिल्लीको बाटो हुँदै खाडी पठाइदिएका थिए । घरेलु कामदारका रुपमा दुःख गरेर कमाएको पैसाले अव जीवन सुखी हुन्छ भन्दै उनी ६ मंसिरमा अन्तरारष्ट्रिय विमानस्थलमा उत्रिएकी थिइन् । दलालले उनलाई पर्वतकी विमला केसीको नाममा पासपोर्ट बनाएर पठाएका थिए, अर्काको पार्सपोर्टमा विदेश गएको भनेर उनलाई विमानस्थलमै अध्यागमनका कर्मचारीले नियन्त्रणमा लिए । अध्यागमनको कार्यालयमा कालिकास्थानमा पुर्‍याएपछि उनीसँग भएको सवै सम्पत्ति लुटियो, पैसा नदिए जेलमा राख्ने धम्काउँदै विभागका प्रहरी जवान पर्शुराम बस्नेत र त्यहीँका नायव सुव्बा सोमनाथ खनालले पैसा लुटे ।

त्यतिले पुगेन, उनलाई घर पठाइदिने भन्दै गोंगबुस्थित सोलुखुम्बु गेस्टहाउसमा लगी जवान बस्नेतले बलात्कार गरे । यसबीचमा उनीसँग भएको केही सामान पनि बस्नेतले लुटे । लुटिएको ज्यान र खाली झोला बोकेर घर फर्किएकी उनले बस्नेतलाई फोन गरेकी थिइन् । आधा पैसा दिन्छु भन्दै प्रलोभन दिएर बस्नेतले उनलाई फेरि काठमाण्डौं बोलाएका थिए । २९ मंसिरमा काठमाण्डौं आएकी उनले मीतदाईको सहयोगमा बस्नेतलाई पक्राउ गराएकीको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

One Comment on “अध्यागमनमा लुटिएकी महिला गर्भवती”
  • Chhabi Gaudel wrote on 21 December, 2012, 10:12

    काठमांडू को अध्यागमन का कर्मचारी हरु र पुलिश हरु सारै भ्रस्टाचारी छन
    यिनी हरुलाई ता फाँसी दिए पनी कम हुन्छ

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु