मिसनका उच्च पद पाउन सेना लगातार असफल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

मिसनका उच्च पद पाउन सेना लगातार असफल

५ पुस, काठमाण्डौं । नेपाली सेनाका उच्च अधिकृतहरु राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसनमा उच्च पद प्राप्त गर्न क्रमशः असफल भएका छन् । राष्ट्रसंघीय मिसनमा उच्च पद पाउन तीन स्थानमा प्रतिस्पर्धा गरेका सेनाका तीन उच्च अधिकृत असफल भएका हुन् ।

पछिल्लो पटक दक्षिण सुडानका लागि राष्ट्रसंघीय मिसन (अनमिन) को फोर्स कमान्डरमा आवेदन दिएका सेनाका युद्धकार्य तथा व्यवस्था महानिर्देशक उपरथी -मेजर जनरल) पवन पाण्डे पनि छानिएनन् । राष्ट्रसंघीय महासचिव वान कि मुनले अनमिनको फोर्स कमान्डरमा हालै घानाका मेजर जनरल देलाली जोनसन साकीलाई नियुक्त गरेका छन् ।

उपरथी पाण्डेले यसअघि पनि गत बर्ष वेस्टन सहारास्थित राष्ट्रसंघीय मिसनको फोर्स कमान्डरका लागि प्रतिस्पर्धा गरेका थिए । त्यहाँ पनि उनी असफल भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

राष्ट्रसंघीय शान्ति सेनामा सहयोग पुर्‍याउने प्रमुख मुलुकमध्ये नेपाली सेना सातौ नम्बरमा पर्छ । तर पनि उच्च सैनिक अधिकृतहरु एकपछि अर्को गर्दे मिसनका उच्च पदका प्रतिस्पर्धामा असफल हुनुलाई दुई बर्षअघि तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिन विरुद्ध गरेको ‘लविइङ’ प्रमुख कारण भएको जानकार स्रोतको भनाई छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु