चक्लेट खाने पनि मापसे फन्दामा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

चक्लेट खाने पनि मापसे फन्दामा

५ पुस, काठमाण्डौं । चकलेट खाँदै हुनुहन्छ ? सावधान मापसेको फन्दामा पर्नुहोला । मदिरा सेवन गरेर सवारी चलाउँदा मापसेमा पर्नु त स्वाभाकिकै हो । तर पनि उपत्यकामा सरदर दैनिक डेढ सय चालक मापसे फन्दामा पर्छन् । चकलेट खाँदा पनि मापसे ? हो, त्यस्तै भयो । चकलेट खाएर सवारी चलाएका पोखरा स्थायी घर भएका सुरेशप्रसाद पौडेल कारबाहीमा परे ।

राजधानीको एक कम्पनीमा कार्यरत पौडेल श्रीमतीलाई लिएर सानेपास्थित कोठामा जाँदा पुल्चोकबाट झम्सिखेल जाने मोडमा मापसे चेकिङमा परे । उनी कार्यालयकै साथीको विवाहबाट फर्के पनि मदिरा सेवन गरेका थिएनन् । चकलेट भने खाएका थिए । कार्यालयकै कामले फ्रान्स गएका उनले साथी र घर परिवारलाई बाड्न तीन प्रकारका चकलेट ल्याएका थिए ।

पार्टीमा सहभागी साथीहरुलाई पनि बाँडे । अन्य भन्दा ‘माने चेरी’ नामक चकलेट सबैले मन पराए । सबैको रोजाइमा परेको चकलेट कस्तो हुँदो रहेछ ? भन्दै उनले पनि खाए । श्रीमती पनि साथमै भएकाले उनी घर निस्के । ट्राफिक चेकिङमा पर्दा पौने ९ बजेको थियो । ‘चेकिङमा ट्राफिकले ब्रेथलाइजर मुखमा ल्याएर हा… गर्नु भने । त्यसमा अल्कोहलको मात्रा ० दशमलब ०२ प्रतिशत देखायो,’ उनले भने, ‘मदिरा खाएकै छैन कसरी देखायो ? छक्क परेँ । किन यस्तो देखायो भनेर ट्राफिकलाई सम्झाउने प्रयास गरेँ । तर सकिनँ । २४ घन्टे पुर्जी थमाएर मेरो लाइसेन्स लिइछाडे ।’

कान्तिपुरमा छापिएको समाचार अनुसार ट्राफिकसँग आधा घन्टा डिस्कसपछि उनी घर नजिक पुगे तर उनलाई चित्त बुझेन फेरि फर्केर ट्राफिकलाई सम्झाउन खोज्दा ट्राफिकले ब्रेथलाईजरमा हा.. गरेर देखाए त्यसमा अल्कोहल देखिएन । अन्त्यमा ट्राफिकले भोली आएर कुरा गरौं भनेर उनलाई फर्काए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु