५ पुस, बगदाद । इराकमा रोजगारीका लागि लगाइएको प्रतिबन्ध हटाउन त्यहाँ कार्यरत नेपालीहरुले नेपाल सरकारसँग माग गरेका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकले पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई एक अपिल पठाउँदै इराकमा लगाइएको प्रतिबन्ध फुकाउने दुई बर्षअघिको निर्णय तत्काल कार्यन्वयन गर्न माग गरेको छ ।
सन् २००४ मा १२ जना नेपालीको हत्या भएपछि इराकमा रोजगारीका लागि प्रतिबन्ध लगाइएपनि अहिले अबस्था त्यस्तो खतरापूर्ण नभएकाले प्रतिबन्ध फुकुवा गर्नुपर्ने एनआरएन इराकको माग छ ।
सरकारलाई पठाइएको मागपत्रमा भनिएको छ- ‘अहिले इराकमा ३७ देशका राजदूताबासका साथै २४ कुटनैतिक नियोग र अन्य २ देशका प्रतिनिधित्व रहेको छ । भारत, पाकिस्तान, बङ्गलादेश, आफगानिस्तान, आदि जस्ता दक्षिण एसीयाली मुलूकहरुले इराकमा राजदूतावास स्थापना गरि आˆना देशका नागरिकहरुलाई रोजगारिका लागि प्रशस्त बाटो खुला गरि सक्दा पनि नेपाल सरकार इराकप्रति नीतिविहिन देखिन्छ किन ? इराकको वर्तमान राजनैतिक स्थिरता, आर्थिक बृद्धि र खुल्ला बजारनितीले यहाँ बहुराष्ट्रिय कम्पनीहरुको आगमनले यहाँ श्रमीकको माग पनि बढि रहेको छ । तसर्थ्ा इराकसंग कुटनैतिक सम्बन्ध स्थापना गरि बेरोजगार यूवा जनशक्तिलाई रोजगारी दिलाउन सके यसले नेपाली अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने थियो ।’
अहिले इराकमा ३५ हजारभन्दा भन्दा बढी दक्ष तथा अर्ध दक्ष नेपाली कामदारहरु कार्यरत रहेको त्यसमध्ये करिब २० हजार जति कुर्दिस्तान-इराकको क्षेत्रिय राज्य)मा कार्यरत रहेका एनआरएन इराकले जनाएको छ । नेपाली कामदारहरु कम्पनी, अफिस, सपिङमल, सुपरमार्केट, रेष्टुरेन्ट, घर आदीमा एकाउन्टेन्ट, सेल्समेन, क्यासीयर, हृवेटर, सेक्युरीटीगार्ड, कुक, सुपरभाइजर, क्लिनर, कारपेन्टर, म्यासन, प्लम्बर, इलेक्टि्रसीयन, सिभिल इन्जिनियर, ड्राइभरका रुपमा अधिकाशं नेपाली महिलाहरु हृाउसमेडको रुपमा काम गरिरहेको एनआरएनले जनाएको छ ।
अपिलमा भनिएको छ- इराकमा कार्यरत श्रमजीवी नेपालीहरुले नेपाल सरकार समक्ष अनुरोध गर्न चाहन्छौ कि चाडो भन्दा चाडो इराकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुका साथै इराकको प्रवेशाज्ञाको वैधानिकता जाँच गरि नेपाल एयरपोर्टबाटै वैधानिकरुपले आवतजावतको व्यवस्था गरियोस् । इराकमा अहिले प्रशस्त रोजगारीको अवसर रहेको हुदाँ इराकसँग श्रम संम्झौता गरि वैधानिक रुपमा नेपाली कामदारहरु पठाउने वातावरण मिलाइयोस् र इराकमा कार्यरत नेपालीहरुको समस्यालाई नजिकबाट हेरिदिनका लागि इराकमा राजदुताबासको यथाशिघ्र स्थापना गरियोस् ।’
Galat
Security chaina Iraqma manche pathaunu hudeyna
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
ya chado bhanda chado khulnu paryo… i appreciate with this request made to Nepal Government… because i had also got the chance to work in Iraq with the Korean Company due to this Band I am unable to go their…. if its possible please open this ban as soon as possible……
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
म अहिले अफगानिस्तानमा छु l म यहाँ आउदा ३ लाख ५० हजार तिरेर आएको हु l म आफ़्चो लगानी त उठाई सके ,अब मैले कमाएको पैसा बचत गर्ने बेलाहो ,यो समयमा मैले १ महिना छुट्टी पनि पाउदै छु ,तर समस्या नेपाल सरकार संग छ l नेपालको एरपोर्टमा छ त्यहाँ बाट म सजिलारी अफगानिस्तान आउन पाउदिन l
मेरो प्रश्न यो छ कि :- VISIT VISSA रोक्दैमा के नेपाली यहाँ आउन रोकिन्छन?
नेपाल सरकारले रोकेकोले गर्दा मेरो साथी अफगानिस्तान आउन १ लाख रुपैया घुस खोवानु पर्यो दले लाई l जसरि ज गरे पनि ठगिने त हामी नै हो ,किन कि म यहाँ जतिको राम्रो जागिर र सुबिधा म अमेरिकामा पनि पाउदिन, म मात्रै हैन हजारौ नेपालीहरु छम यहाँ सबैले तर नेपाल सरकारले के सोचेको छ हामीलाई थाह छैन l यदि अफगानिस्तान धेरै खतरा हुने भए अमेरिकाले आफ्नो नागरिक यहाँ पठाऊथेन
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
इराक मा मात्र हैना संसार को कुनै पनी मुलूक मा रोजगारी को लागी जान पाउनु पर्छ यदी जाने हरु संग राम्रो डॉक्यूमेंट हुन्छ भने । र छूट्टी बाट आएको प्रमाण छ भने झन किन रोकने ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
pasa kina security nahunu yar pasa haru yaha 10 years dekhi
kam gari rakehko chhana timi mula darpok chppa lagera basa
pasa ali dherai din bachhau
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Thanks NRN IRAQ. I also in iraq but still this time i coudn’t get vacation because of nepal government band of iraq. nepal governament has to make freedome to go IRAQ.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Akdam ramro
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
iraq ko main garera Kurdistan chhetra lai open garnu parchha kina ki yeha kunai pani kisim ko khatara chhaina yo thau ma nepalma bhanda shurachhit chha khas ma hamro sarkar garib janata lutna matra janeko chha aru kehi garna sakdaina tesaile nepali le nepal sarkarbata sahayog ra ramro kam ko aasha rakhnu bekar cha tai pani request gariyekoma thanx.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]