दक्षिण कोरियामा पहिलो पटक महिला राष्ट्रपति चयन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

दक्षिण कोरियामा पहिलो पटक महिला राष्ट्रपति चयन

५ पुस, सोल । दक्षिण कोरियाको राष्ट्रपति पदमा पहिलो पटक महिला विजयी भएकी छन् । बुधबार सम्पन्न निर्वाचनमा पार्क ग्युन हाई राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि पार्क ग्युनले देशबासीका नाममा सम्बोधन गर्दै आफ्नो विजय संगै देशको अर्थव्यवस्था मजबुद बनाउने विश्वास व्यक्त गरेकी छन् । आफ्नो जीत पछि दक्षिण कोरियाको राजधानी सोलमा सम्बोधन गर्दै पार्क ग्यून हाईले भनिन्-’यो आर्थिक संकट समाधानका लागि अव मेरो जिम्मेवारी आएको छ, यसलाई म आत्मसाथ गरेर अघि बढ्नेछु ।’ दक्षिण कोरियाको आर्थिक वृद्धिदर ५ दशमलब ५ प्रतिशत पुगेको भएपनि घट्दोक्रममा रहेको आर्थिक वृद्धिदर अहिले झन्डै २ प्रतिशतको हाराहारीमा छ ।

उनले लिबरल पार्टीका उम्मेदवार मुन जाई इनलाई हराउँदै राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । पार्क ग्युनले ५० दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी मुन जाई इनले ४९ दशमलव ९ प्रतिशत मत प्राप्त गर्दै झिनो मत अन्तरले पराजित भएका छन् ।

पूर्व तानाशाह पार्क चुंग हीकी छोरी पार्क ग्युनले आफ्नो छवीमा लागेको दाग मेटाउन कडा मेहनत गर्नु पर्ने राजनीतिक विश्लेषकहरुको ठहर छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु