-राष्ट्रकवि माधवप्रसाद घिमिरे
राष्ट्रकवि माधवप्रसाद घिमिरे उमेरले ९४ वर्ष लाग्नुभयो । तर, उहाँ अझै हट्टाकट्टा र फुर्तिलो हुनुहुन्छ । कुराकानीका लागि उहाँको घर लाजिम्पाट पुग्दा उहाँ माथि कोठाबाट ठमठमी तल बैठकस्थल आउनुभयो । अनलाइनखबरले सञ्चोबिसञ्चो सोध्न नभ्याउँदै उहाँ आफैंले हाम्राबारे सोध्नुभयो । कामको होइन, पढाइ र जन्मस्थानबारे ।
एकछिन भलाकुसारीपछि कवि घिमिरेले भन्नुभयो- ‘लौ मेराबारे पहिल्यै आइसकेका कुरा नसोध्नुस्, नयाँ कुरा गरौं ।’
उमेरले ९४ काटिसक्यो, अझै फुर्तिलो र हट्टाकट्टा हुनुहुन्छ । कसरी सम्भव भयो यस्तो ?
–बुढो भए पनि बुढो छैन भन्ने भावना चाहिन्छ । यसले पनि अलिकति उर्जा दिन्छ । के गर्दै हुनुहुन्छ घिमिरे जी भन्दा खै के गर्ने भन्ने, बुढो भएँ, जानेबेला भयो भनेर भन्दा निराशाको भावना उत्पन्न हुन्छ । हैन, काम गर्दैछु, बाँच्या छु, घाम ताप्दै छु, डुल्दै छु, खाँदै छु भन्यो भने यसले उर्जा दिन्छ ।
अर्को तीन कुराले गर्दा मलाई तपाईंले फुर्तिलो देख्नुभएको हो । पहिला, सृजनशीलता । सृजनाको लागि तत्पर भैरहने । लेख्नैपर्छ भन्ने छैन, कुनै सिर्जनाको कल्पना गरिरहने । दोस्रो कुरा सद्विचार । खराब विचार आउन नदिने । असल विचारले तपाईंलाई राम्रो गर्छ । र, तेस्रो कुरा योगाभ्यास, जुन मैले १५/१६ वर्षको उमेरदेखि नै सिकेको हो ।
बिहान कति बजे उठ्नुहुन्छ ?
–बिहान त्यही ६ देखि साढे ६ बजेसम्म उठिसक्छु ।
राति कति बजे सुत्नुहुन्छ ?
–साढे १० देखि ११ बजेसम्म सुतिसक्छु ।
बिहान उठेदेखि राति नसुत्दासम्म के काममा व्यस्त हुनुहुन्छ ?
–सृजना । सृजनामा डुब्छु । अहिले त महाकाव्य लेख्न व्यस्त छु । त्यसमै बढी लागेको हुन्छु ।
सृजना बाहेक घरायसी अरु काम पनि गर्नुहुन्छ ?
–यो उमेरमा आरामको पनि जरुरत पर्छ । त्यसैले उर्जा सञ्चयका लागि आराम पनि गर्छु । अरु काममा पनि लाग्छु । एउटा त सृजनाकै काम हुन्छ । आङ थापेर बस्ने क्या । धामीलाई देउता कुनबेला चढ्छ, थाहा हुन्न । तर आङ चाहिँ थापिरहनुपर्छ । यो सृजनाको कुरा भयो । अर्को मेरो आफ्नो समाज छ, साहित्यकारहरुको समाज । साहित्यका कार्यक्रममा बोलाउँदा जानुपर्यो । अर्को, तपाईंहरु जस्ता पत्रकारसँग भेटघाट गुर्नपर्यो । यसैगरी बितिरहेका छन् दिनहरु ।
अर्को कुरा म प्रकृतिप्रेमी मान्छे । जता फर्के पनि भगवानको बरदान देख्छु । हिजो चन्द्रमा कहाँ थियो भनेर सोध्नुस् । मेरो झ्यालबाट ऊ त्यहाँ थियो भनेर देखाउन सक्छु ।
खानामा कत्तिको रुची हुन्छ ?
–पहिले अलि बढी हिँडडूल हुन्थ्यो । खान पनि धेरै रुच्थ्यो । तर, अहिले खाना कम हुँदै गएको छ । बिहानचाहिँ खान्छु । बेलुका अलि कम हुन्छ ।
खानामा के के बार्नुहुन्छ ?
–मलाई मधुमेह र रक्तचापको सामान्य समस्या छ । त्यसैले गुलियो खान्न । होस गर्नुपर्छ यसमा । बार्यो भने केही पनि हुँदैन । अरु त खान्छु । दाँत पनि बलिया नै छन् । चपाउँछु पनि ।
कविता अहिले पनि लेख्नुहुन्छ कि ? पहिलेजस्तै सरर दिमागमा फुर्छन् कविता ?
–दुईटा कुरा हुन्छ । पहिला चाहिँ केहीले छुनासाथ सरर आउँथ्यो । रोमाञ्चित भइन्थ्यो । अर्थात पहिले भावना बढी हुन्थ्यो । अहिले चाहिँ चिन्तन बढी हुन्छ । अनुभव र अनुभूति धेरै गरियो । अध्ययन पनि भयो । त्यसैले एउटा दृष्टिकोण बनिसकेको हुन्छ । त्यसैले अहिले पहिलेको जस्तो भावनाले मात्रै छोप्दैन ।
कति वर्षको उमेरदेखि कविता लेख्न थाल्नुभएको ?
–१५ वर्षको उमेरदेखि लेख्न थालें । पढाइमा लागेपछि केही कम भयो । फेरि पछि लेखनलाई जोड दिएँ ।
भनेपछि सानैदेखि चलाख हुनुहुन्थ्यो ?
–बुबाले त्यसै भन्नुहुन्थ्यो । म टाठो र चलाख थिएँ रे । गणितमा चाहिँ कमजोर थिएँ ।
केटाकेटीमा कत्तिको चकचके हुनुहुन्थ्यो ?
–डेढ वर्षको उमेरमा आमा स्वर्गीय हुनुभएकाले होला म अलि बढी भावुक थिएँ । त्यसैले त्यति चकचके भइँन । अरु केटाकेटीले गरेजस्तो रमाइलो त गर्थें । तर, आमा छैन भन्ने कुराले बेलाबेला झस्काउँथ्यो । त्यसैले उदण्डखालको म थिइँन । मलाई कसैले पनि नराम्रो रुपमा नलिऊन् भनेर म सधैं सचेत हुन्थें ।
कविता लेख्न थालेपछि चर्चा बढ्न थाल्यो होला । प्रेम प्रस्ताव राख्ने र मरिहत्ते गर्ने पनि धेरै थिए होला है ?
–आजभोलिको मान्छेले यो प्रसंग उठाउँछन् । अहिले प्रेम पनि हुन्छ, विवाह पनि हुन्छ । छोराछोरी नातिनातिना सबै हुन्छन् । तर, हाम्रो पालामा त बाबुआमाले बिहे गरिदिन्थे । सहबासबाटै प्रेम शुरु भएर बढ्दै जान्थ्यो । यो स्वभाविक प्रकृया हो ।
good
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
wish you for ur longivity…………
Like or Dislike:
17
0
[जवाफ फर्काउनुहोस्]
Nepal ko Dharohar Rastra Kabi wish u all the best for longer life.
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
म त्यों दिन कहिल्यै भुल्दीन टीचिंग हस्पिटलमा वाहालाई भेटेको!! सुस्वास्थ्य एवं दीर्घायुको मंगलमय शुभकामना कबिबर ज्यू प्रति !!
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
JAY HOS KABI MAHARAJ
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Dirga jibi hunus kabibar!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
सुस्वास्थ्य एवं दीर्घायुको मंगलमय शुभकामना !!!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
MERO PANI RASTRAKABI PRATI SU-SWASTHA TATHA DIRGHA JIWAN KO LAGI DHERAI DHERAI SUBHAKAMANA.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
I pray “you live long life” & also say proudly he is our nation’s father.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
yadunath dhakal Reply: December 25th, 2012 at 9:35 am
may god give u power to overcome weakness.wish u all the best.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
सुस्वास्थ्य एवं दीर्घायुको मंगलमय शुभकामना !!!
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
सुस्वास्थ्य एवं दीर्घायुको मंगलमय शुभकामना !!!
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Mero tarf bat pani kabi jyu lae dirgh aayu ko subh kamna gard 6u.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
हजुरको महाकाब्य छीट्टै पढ्न पाइयोस् ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
सुस्वास्थ्य एवं दीर्घायुको मंगलमय शुभकामना ।।।।।।।।।।।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
“बुढो छैन भन्ने भावना चाहिन्छ । यसले पनि अलिकति उर्जा दिन्छ । ” thanks giving us such a inspiring words.. evrybdy hav to think like dat way.. m not weak .. m the perfect man .. strong man .. n i can do… we respect u and pray for long life..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Kabiwor (rastra kabi) Madhav Pd Ghimere……. uhha baata pratham palta sabdik samman payeko theyean. geet gaunda….. aaja bhanda 8/9 barsa pahelea….. janagal,banepa maa.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
god blace long life to you
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
mannupar6.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
such inspiring human our Rastriya
kabi Madhabprasad Ghimire
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
I like him most., and his thought about the love is very beautiful and accapatable.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Hajur ko dirghayu ra sooswasthaya ko kamana gardachhu.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Such an icon of the nation who will be remembered by all Nepalese for ever…..Wish ur healthy long life…..You are really inspiring us. Such persons should be born forever and ever…..God bless you.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
good
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सुस्वास्थ्य एवं दीर्घायुको मंगलमय शुभकामना
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
wish u for the long life of rastra kabi madhav ghimire.wish u all the best for your future endeavor…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
wish your Great Mahakabya will available soon and we can read.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
“हैन, काम गर्दैछु, बाँच्या छु, घाम ताप्दै छु, डुल्दै छु, खाँदै छु भन्यो भने यसले उर्जा दिन्छ ” !…बुढो छैन भन्ने भावना चाहिन्छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]