लाङटाङमा ज्वालामुखी हैन, आगलागी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

लाङटाङमा ज्वालामुखी हैन, आगलागी

५ पुस, काठमाडौं । लाङटाङ हिमालमा ज्वालामुखी भनिएको आगोको मुस्लो डढेलो भएको भएको पुष्टी भएको छ । विहान आगोको मुस्लो देखिएपछि स्थानीयबासी ज्वालामुखी विस्फोट भएको भन्दै अत्तालिएका थिए ।

तर, नेपाली सेनाले हेलिकोप्टरमा गएर अध्ययन गर्दा आगलागी भएको पाएको सैनिक प्रवक्ता सुरेसराज शर्माले अनलाइनखबरलाई जानकारी दिनुभयो । वषार्ंैपछि घना जङ्गलबाट निस्केको धुवाँको मुस्लो ठूलो देखिन गएको स्थानीयवासीको भनाइ रहेको छ ।

जिल्लाका प्रहरी प्रमुख सुदीप गिरीले के कारण डढेलो लाग्यो भन्ने सम्बन्धमा वास्तविक पत्ता लगाउन प्रहरी परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार उक्त ठाउँ बि्रदीम गाविसको विकट क्षेत्र रहेकाले परिचालित प्रहरी भोलि बिहानसम्म त्यहाँ पुग्नेछ । घटनास्थल सदरमुकाम धुन्चेबाट तीन दिनको पैदल दुरीमा छ ।

ज्वालामुखी विष्फोटनको हल्ला निराधार भएकाले यस्ता हल्लाका पछाडि नलाग्न सहायक प्रजिअ रिमालले सबैमा आग्रह गर्नुभएको छ ।

One Comment on “लाङटाङमा ज्वालामुखी हैन, आगलागी”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु