एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधिका लागि एपीएफ र भैरहवा भिड्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधिका लागि एपीएफ र भैरहवा भिड्ने

५ पुस, काठमाडौं । राजधानीमा जारी एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरीएको एपीएफ र क्षेत्र नम्बर ४ भैरहवा भिड्ने भएका छन् ।

बिहीबार भएको सेमिफाइनलमा क्षेत्र नम्बर २ वीगरञ्जलाई १ सय २० रनले पराजित गर्दै एपीएफ फाइनलमा पुग्यो भने भैरहवाले क्षेत्र नम्बर ७ जनकपुरलाई ८ विकेटले पराजित गर्दै एपीएफसँगको भेट पक्का गर्‍यो । फाइनल भिडन्त भोलि शुक्रबार हुनेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले व्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७९ रन बनायो । उसका लागि परेश लोहनीले ५३ तथा संजय श्रेष्ठले ४९ रन बनाए । जवाफमा मैदान उत्रिएको वीरगञ्ज ४४ ओभरमा १ सय ५९ रन जोड्दा अलआउट भयो । उसका लागि रविन गुरुङले सर्वाधिक ४२ रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा प्लेयर अफ दि म्याच बसन्त रेग्मी एक्लैले ४ विकेट लिए ।

पुच्चोकमा पहिले व्याटिङ थालेको जनकपुरले ४५ दशमलव २ ओभरमा १ सय ३१ रन बनाउँदा सबै विकेट गुमायो । उसका लागि अनिल मण्डलले ३० रन बनाए । जनकपुरलाई सस्तैमा समेट्ने क्रमा लालबहादुर अधिकारीले ३ तथा विवेक चौधरी र सागर पुनले समान २-२ विकेट लिए । जवाफमा भैरहवाले २२ दशमलव ५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि सतकीय साझेदारी गरेका सागर पुन र फैजुल रहमानले समान ५२/५२ रन बनाए । सागर प्लेयर अफ दि म्याच घोषित भए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु