पहिलो ‘टि्वट’ के थियो सम्झना छ ? छैन भने चिन्ता नलिनुस् :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पहिलो ‘टि्वट’ के थियो सम्झना छ ? छैन भने चिन्ता नलिनुस्

तपाइँले टि्वटरमा अकाउण्ट खोलेपछि सबैभन्दा पहिलो टि्वट् के गर्नुभएको थियो ? सायद सम्झना छैन होला । तर अब चिन्ता मान्नु पर्दैन । अब तपाइँले आफुले अहिलेसम्म गरेका सबै टि्वट्स पढ्न पाउनुहुन्छ ।

वास्तवमा टि्वटर प्रयोगकर्ताहरुका लागि खुसीको खबर छ । अब तपाइँले टि्वटरमा अकाउण्ट खोलेदेखि गर्नुभएका आफ्ना सबै टि्वट डाउनलोड गरेर हेर्न र पढ्न सक्नुहुनेछ ।

प्रयोगकर्ताहरुका लागि टि्वटरले आफ्नो पेजमा एउटा डाउनलोड लिंक दिने गरेको छ जसमा तपाइँले आफ्नो सबै टि्वट्स अर्काइभ पाउन सक्नुहुन्छ ।

तर अहिले यो सेवा अंग्रेजी भाषा प्रयोगकर्ताका लागि मात्र भएको टि्वटरको भनाइ छ ।

‘सायद तपाइँले सन् २००८ को अमेरिकी चुनावमा व्यक्त गर्नुभएको प्रतिक्रिया स्मरण गर्न चाहनुहुन्छ होला, सायद आफ्नो बिहेको वाषिर्कोत्समा पार्टनरलाई टि्वटेको कुरा पनि फेरी हेर्न चाहनुहुन्छ होला वा आफ्नो पहिलो टि्वट हेर्न चाहनुहुन्छ होला । हामीलाई थाहा छ तपाइँहरु आफ्नो विगतको टि्वटर इतिहास खोतल्न इच्छुक हुनुहुन्छ’, टि्वटरका इन्जिनियर मोली भान्डरले टि्वटरको अफिसियल ब्लगमा बुधबार लेखेका छन् ।

वास्तवमा सन् २००६ मा सुरु भएको टि्वटर युवाहरुमाझ निकै लोकपि्रय बनिरहेको छ र यो सामाजिक परिवर्तनमा सहायक समेत बनिरहेको छ । अहिले टि्वटरका २० करोड सक्रिय प्रयोगकर्ता छन् ।

 

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु