६ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन नेपाल पुलिसले फ्रेण्ड्ससँग अंक बाडेको छ ।
शुक्रबार भएको खेलमा पुलिसलाई गोलरहित बराबरीमा रोक्दै फ्रेण्ड्सले अंक खोसेको हो । लिगमा खराव प्रदर्शन जारी राखेको पुलिसको तेस्रो बराबरी हो । ३ खेल जितेको पुलिसले ३ खेल गुमाएको छ र ८ खेलबाट ९ अंकका साथ अंक तालिकाको आठौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले सुरुमा नै अग्रता लिने मौका गुमायो । १३ औं मिनेटमा पुलिसका रक्षक रितेश थापा विट बइसकेको अबस्थामा रविन श्रेष्ठले बचाएका थिए । पहिलो हापमा पुलिसले भने फ्रेण्ड्सको पोष्टमा कुनै डरलाग्दो आक्रमण गर्न सकेन ।
५२ औं मिनेटमा फ्रेण्ड्सका जगजित श्रेष्ठको प्रहार दिपेन्द्र पौडेलले गोललाइनबाट बचाए । त्यसवछि पुलिस र फ्रेण्ड्सले गोल गर्ने केही मौका गुमाए । खेलको अन्तिममा सन्तोष सामाङ दोस्रो पहँलो कार्ड पाएपछि फ्रेण्ड्स १० खेलाडीमा सिमित भएको थियो ।
अर्को खेलमा नेपाल आर्मीले बाँसबारी क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ । जितपछि आर्मी ८ खेलबाट १४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलबाट २ अंक जोडेको बाँसबारी पुछारबाट दोस्रो स्थानमा छ ।
सुरुबाटै बाँसबारीलाई दबावमा राखेको आर्मीले गोलको खाता ४१ औं मिनेटमा खोल्यो । दीप लामाले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । त्यसपछि पनि आर्मीले केही मौका पायो तर, बाँसबारीका रक्षक अजित प्रजापति बाधक बने ।
खेलको ७५ औं मिनेटमा भरत खबासले गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र आर्मी २-० ले विजयी भयो ।
Gaye bhai aba police aba din ra badhai xa npl aarmilaai
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
भरत खवासलाई गुमाएको पीड़ा पुलिसले राम्रै संग भोग्दै छ, आगे चेते आते नहीं पीछे चेते होते नहीं, की कसो ?
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]