लालुपाते फुलेर लाल भयो…(फोटो फिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लालुपाते फुलेर लाल भयो…(फोटो फिचर)

६ पुस, काठमाडौं । प्रायः फूटबल खेलाडिले भरिभराउ हुने ललितपुर जावलाखेलको मैदान अहिले फूलबारी जस्तै राताम्मे छ । मैदानको आधीजसो भाग लालुपाते र अरु फूलले ढाकिएका छन् ।

जावलाखेलमा बिहीबारदेखि दोस्रो लालुपाते फूलको प्रदर्शनी शुरु भएको हो । शनिबारसम्म चल्ने मेलामा २२ वटा व्यवसायिक स्टल, दुईवटा प्रतियोगितात्मक र एउटा सूचनामुलक स्टल राखिएका छन् ।

‘खासगरी लालुपाते फूलको प्रतियोगितात्मक प्रदर्शनी हो, तर अरु फूललाई पनि समावेश गरिएको छ’ फ्लोरिकल्चर एशोशियशन अफ नेपालका कोषाध्यक्ष मिनबहादुर तामाङले अनलाइनखबरसित भन्नुभयो ।

मेलामा ६ वटा प्रजातिका लालुपाते छन् । ‘नेपालमा पाइने सबै प्रजातिका लालुपातेलाई मेलामा राखिएको छ’ तामाङले भन्नुभयो ।

यस्तै सिजनल, अर्नामेन्टल र कटफ्लावर पनि राखिएको छ । मेलामा अवलोकनसँगै खरिद गर्नेहरुको पनि भीड बढेको आयोजकले जनाएको छ । मेलामा १५ हजार दर्शकले अवलोकन गर्ने र झण्डै २० लाख रुपैंयाको कारोबार हुने अनुमान गरिएको छ ।

2 Comments on “लालुपाते फुलेर लाल भयो…(फोटो फिचर)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु