अरुण बराल
काठमाडौंमा एकाएक बढेको ठण्डीसँगै प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष प्रचण्डको सम्बन्ध चिसिएको छ । दुई नेताको सम्बन्धमा छिद्र परेको पत्तो लगाएपछि विपक्षीहरुले यसलाई अझै ठूलो भ्वाङमा परिणत गर्न प्रयत्न गर्नु अस्वाभाविक होइन । यद्यपि एमाओवादीका केही नेताहरु छित्र टाल्ने प्रयासमा भने लागिरहेकै छन् ।
प्रचण्ड र बाबुरामको सम्बन्ध सुधि्रनु र बिगि्रनुले नेपाली राजनीतिमा निर्णायक अर्थ राख्छ । बाबुराम-प्रचण्डको सम्बन्धबारे अहिले धेरैखाले प्रश्नहरु उठेका छन् । के सरकारलाई हेर्ने फरक दृष्टिकोणका कारणले मात्रै दुई नेतावीच दूरी बढेको हो ? कि अरु पनि कारण छन् ? दोस्रो, यो द्वन्द्वले दुई नेतालाई कहाँसम्म पुर्याउला ? यो लफडा तत्कालै साम्य हुने अवस्था छ कि यसले कुनै दुर्घटनासम्म पुर्याउँदैछ ? यस विषयमा धेरै मानिसहको चासो फेरि एकपल्ट बढेको छ ।
पारिवारिक पृष्ठभूमि
दशवर्षे जनयुद्धमा सँगसँगै नेतृत्व गरेर यो ठाउँसम्म आइपुगेका प्रचण्ड र डा. भट्टराईवीच राजनीतिक सहकार्य हुन थालेको दशकौं भैसकेको छ । तथापि दुबैको पारिवारिक एवं राजनीतिक पृष्ठभूमिचाँहि अलि फरक छ । उमेरले बाबुरामभन्दा १ वर्ष कान्छा पुष्पकमल दहाल कास्कीको ढिकुरपोखरीमा जन्मिएर तराई (चितवन) बसाइँ सरे । चितवनमा प्रचण्डका बुबाको दुईतले पक्की घर बन्यो । प्रचण्डका पिताको पक्की घर र बाबुरामका पिताको गोरखाको विकट गाउँमा माटोले बनेको सामान्य घरको तुलना गर्ने हो भने बाबुराम निम्न-मध्यम वर्गका र प्रचण्डचाहिँ मध्यम वर्गका मानिस हुन् कि भन्ने लाग्न सक्छ । तर, माओवादी नेताहरु यो कुरामा सहमत छैनन् । उनीहरुको तर्क छ, प्रचण्डको परिवार पनि सम्पन्न होइन, बेलैमा तराई झरेर जग्गा किनेको हुनाले जग्गाको भाउ बढ्दा सो परिवारले आफ्नो जीवनस्तरमा सामान्य सुधार गरेको मात्रै हो ।
त्यसैगरी बाबुराम निकटस्थ एमाओवादी नेताहरुको तर्क के छ भने गाउँमा बाख्रालाई घाँस काटेर, पानी बोकेर अनि आफैंले भात पकाएर पढेका उपाध्यक्ष भट्टराईको पारिवारिक एवं आर्थिक अवस्था प्रचण्डको भन्दा केही कमजोर देखिए पनि उनले आफ्नै विलक्षण प्रतिभाका कारण अवसरहरु बनाएका हुन् । एसएसलसीमा बोर्ड फस्ट हुनु, जेहेन्दार भएकाले छात्रवृत्ति पाएर विदेशमा अध्ययन गर्नु, आर्किटेक्ट इञ्जिनियरिङमा अध्ययन गर्नु, विदेशमा पढेकी एवं काठमाडौंको घराना परिवारमा जन्मेकी जीवनसाथी भेट्नु, आफ्नो वौद्धिक कमाइले ०५२ साल अघि काठमाडौंमा घर किन्न सफल हुनु अनि तल्लो वर्गको किसानको छोरा भए पनि शहरका वौद्धिक एवं धनीमानीसित वौद्धिक प्रतिश्पर्धा गर्न सक्नु जस्ता विशेषताहरुले गर्दा डा. भट्टराईको वर्ग धरातलबारे नयाँ मान्छेहरुमा भ्रम पर्न गएको एमाओवादी नेताहरु बताउँछन् ।
राजनीतिक भेट
विद्रोही मसाल र मोटो मशालवीच एकता हुनुभन्दा पहिल्यै पाँचौ महाधिवेशनताका बाबुराम भट्टराई र प्रचण्डवीच भेटघाट भएको हो । मशालमा विभाजन हुँदा उनीहरु संयोगले दुईतिर भए । प्रचण्ड मोटो मशालका नेता भए भने डा. भट्टराई मोहनविक्रम सिंहले नेतृत्व गरेको पातलो मसालतिर लागे । जनआन्दोलनका क्रममा ०४६ सालको जनआन्दोलनपछि प्रचण्ड र बाबुरामको सम्पर्क अलि बाक्लो हुन थाल्यो । जनआन्दोलनका बेला बाबुराम संयुक्त राष्ट्रिय जनआन्दोलनको अध्यक्ष थिए । संयुक्त राष्ट्रिय जनआन्दोलनको मोर्चामा दुई मसाल समूहका साथै सर्वहारा श्रमिक संगठन सदस्य रहेका थिए । प्रचण्ड त्यसको एउटा घटक नेकपा मशालको महासचिव थिए । पछि जनआन्दोलन सफल भएपछि ०४७ सालमा बाबुराम भट्टराई, शीतलकुमार, टोपबहादुर रायमाझी र राम कार्कीलगायतका नेताले मसालबाट विद्रोह गरी ‘फोरम फर युनिटी’ गठन गरे । त्यसपछि उनीहरुले प्रचण्ड नेतृत्वको पार्टीसित एकता गरेपछि बाबुराम र प्रचण्ड राजनीतिकरुपमै एक ठाउँमा भए ।
पार्टी जोडियो, भावना जोडिएन
डा. बाबुरामले एकताकेन्द्रसित पार्टी एकता गरे पनि उनलाई हेर्ने दृष्टिकोण पार्टीभित्र राम्रो बनेन । उनी बुद्धिजीवीमात्रै हुन् भन्ने थियो । मोहनविक्रमको मसालमा हुँदा पनि डा. भट्टराईलाई यस्तैरुपमा हेर्ने गरिएको थियो । यही कारणले गर्दा प्रचण्ड पक्षले डा. भट्टराईलाई विनाकारण संयुक्त जनमोर्चाको अध्यक्षबाट हटाएर पम्फा भुसाललाई अध्यक्ष बनाउने काम गर्यो । तर, संयुक्त जनमोर्चा बाबुरामकै नेतृत्व र पहलकदमीमा बनेको थियो ।
मोहनविक्रमसँग हुँदा पनि बाबुरामका बारेमा गलत प्रचार थियो । प्रकारान्तरले एकताकेन्द्रमा पनि त्यही सर्यो र यही क्रममा बाबुरामलाई हटाएर पम्फालाई अध्यक्ष बनाइएको हो, वैचारिक ढंगले बाबुरामको कुनै अर्को जिम्मेवारी भएर होइन । बाबुरामले पनि पहिले यो कुरा बुझेनन् र सरक्कै माने ।
एकताकेन्द्रमा निर्मल लामाहरुले पार्टीलाई नै दर्ता गरेर ०४८ सालको चुनाव लड्नुपर्छ भनेका थिए भने मशाल समूहका केहीले चुनाबै लड्नुहुन्न भन्ने प्रस्ताव गरेका थिए । तर, वीचको बाटो अपनाउँदा अर्कै प्रशंगमा बाबुरामको संयोजकत्वमा गठन भैसकेको संयुक्त जनमोर्चाबाटै चुनाव लड्ने निर्णय भयो र त्यसबेला कृष्णबहादुर महरालगायतले ९ जनाले संसदीय चुनाबमा विजय हासिल गरे । यसबाट संयुक्त जनमोर्चा स्थापित भयो र डा. बाबुराम भट्टराई पनि थप चर्चामा आए । उता पार्टीचाहिँ भूमिगतै रह्यो र प्रचण्डको नाम एक किसिमले जनमानसबाट छाँयामा पर्यो ।
प्रचण्डको फोटो सार्वजनिक गर्नुको कारण
५२ सालमा जनयुद्ध शुरु हुँदासम्म पार्टी बाहिरका धेरै मानिसहरुले प्रचण्डको नाम सुनेका थिएनन् र बाबुराम नै माओवादीका शीर्ष नेता हुन् भन्ने ठानेका थिए ।
जनयुद्ध शुरु भएको अर्को वर्ष सम्पन्न चौथो राष्ट्रिय सम्मेलनका बेला नेतृत्व केन्द्रीकरणको कुरा उठाइयो र भूमिगत महामन्त्री प्रचण्डको फोटो सार्वजनिक गर्ने र उनलाई स्थापित गर्ने निर्णय लिइयो । केन्द्रीकरणको यो नारामा स्थापित व्यक्तित्व (भट्टराई) लाई मिनिमाइज गरेर प्रचण्डलाई अगाडि ल्याउने मानसिकताले काम गरेको थियो । यसबाट बाबुराम ‘सप्राइज’ मा परेको महसुस त्यतिबेला नेताहरुले गरेका थिए ।
गोवादेखि लाबाङ बैठकसम्म
जनयुद्धको उत्तरार्धसम्म आइपुग्दा भारतको गोवामा सम्पन्न बैठकमा प्रचण्ड र बाबुरामको सम्बन्ध थप चिसियो । किरणहरु त्यहीबेला गिरफ्तारीमा परेका थिए । त्यसमा प्रचण्डले संकेत पार्टीभित्रै गर्न खोजे । तर, त्यसबेला त्यहाँ बाबुराम र बादलवीच झण्डै सहकार्यको स्थिति पैदा भयो, जसबाट प्रचण्डलाई झड्का पर्न गयो ।
त्यही गोवा बैठकले भारतमा निर्वासित नेताहरु नेपालभित्र आउने निर्णय गरेको हो । पछि नेपाल र्फकने क्रममा बादल र प्रचण्डवीच गम्भीर कुरा भयो र बाटैमा प्रचण्ड-बादलको सम्बन्ध बन्यो । त्यहीबाट उनीहरुले बाबुरामलाई ठोक्ने निधो गरे । त्यसपछि फ्रन्टमा बादल देखिए ।
गोवादेखि लाबाङ बैठकसम्म आइपुग्दा बाबुराममाथि कारवाही नै भयो र उनलाई जनसेनाको नियन्त्रणमा राखियो । बाबुरामसँगै हिसिला यमी र दीनानाथ शर्माहरु पनि कारवाहीमा परे । त्यो कारवाही अनुशासनको नभएर पूर्णतः राजनीतिक पूर्वाग्रहमा आधारित थियो ।
लावाङमा बाबुरामलाई कारवाही गर्ने बेलामा बाबुराम बाहेकको माओवादी छुट्टै लिएर जान सकिन्छ भनेर प्रचण्डले सोचेकै हुन् तर, त्यसपछिका लडाइ पनि माओवादीले धमाधम हार्न थाल्यो नेतामा भएको मनमुटावले गर्दा कार्यकर्ताहरुको मनोबल पनि गिर्यो । पार्टी बाहिर पनि राम्रो सन्देश गएन र भित्र पनि राम्रो भएन । त्यसपछि आफ्ना सहयोगीका सुझावलाईसमेत लत्याएर प्रचण्डले बाबुरामसित सम्बन्ध सुधार गरे ।
चुनवाङदेखि खरिपाटीसम्म
चुनवाङ बैठकबाट उनीहरुवीच पुनः सहकार्य शुरुभयो । चुनबाङमा संसदवादी र भारतसित मिलेर राजतन्त्र विरुद्ध संघर्ष गर्ने डा. भट्टराईको राजनीतिक लाइन पास भयो । त्यसबेला प्रचण्डपक्षले चाँहि ज्ञानेन्द्रसित मिलेर भारतसित लड्ने लाइन लिएको थियो ।
चुनवाङ बैठकपछि भट्टराई र प्रचण्डले ५ वर्ष मिलेर काम गरे । त्यसबेला बाबुराम प्रचण्डलाई महान् भन्दै हिँडे । खरिपाटीमा पनि बाबुरामले त्यसै भने । मोहन वैद्य समूहले फरक मत राखिरहेका बेला प्रचण्ड नै नेता हो भने बाबुरामले । प्रचण्डलाई नै अगाडि लिएर जानुपर्छ भन्नेमा बाबुराम त्यसबेलासम्म ढुक्क देखिन्थे ।
शान्ति प्रक्रियापछिको विवाद
शान्ति र संविधानको लाइन कसको हो भन्ने विवाद शुरु भयो । प्रचण्डले यो मेरै लाइन हो भने । किरणले आफ्नो छुट्टै लाइन पेश गरे । प्रचण्डले चाँहि प्रचण्डपथ छाडे । र, बाबुरामको लाइनलाई नै आफ्नो लाइन बताए पनि बेलाबखत बाबुरामलाई ठोक्ने तिलस्मी नीति अंगीकार गर्न थाले ।
पालुङटार बैठकपछि आफ्नो दस्तावेजको ‘च्याप्टर’ नै हटाएर किरणको लाइनलाई प्रचण्डले संस्थापन पक्षको लाइन नबनाएका होइनन् । आखिर त्यतिबेलाको बैठकमा नोट अफ डिसेन्ट किरणले लेख्नुपर्ने हो, तर, प्रचण्डले प्रतिपक्षी किरणको लाइन पास गर्दै आफ्नो लाइनलाई चाहि फरक मतका रुपमा बहसमा हालेको भट्टराई पक्षका नेताहरुको विश्लेषण छ । पार्टी अध्यक्ष वा महासचिवको लाइनचाँहि फरक मतका रुपमा बहसमा जानु र प्रतिपक्षी मत बहुमतबाट पास हुनु विश्व कम्युनिष्ट आन्दोललनकै उदेकलाग्दो विषय भएको र प्रचण्ड-बाबुराम त्यतिबेला एउटा नदीका दुई किनारजस्तै भएको नेताहरुको विश्लेषण छ ।
बाबुराममाथि पार्टीमा सधैं अन्याय
जनयुद्धकालको उत्तरार्ध र विशेषतः चुनवाङ बैठकपछि बाबुरामले सोच्थे र प्रचण्डमार्फत् त्यसलाई कार्यान्वयन गराउँथेे । उनीहरुवीच सहकार्य थियो, बाबुरामले आफूलाई प्रचण्डका प्रतिश्पर्धी नभएर सहयोगीको भूमिका खेल्दासम्म यसमा कुनै समस्या आएन ।
तर, पालुङटारपछिको बैठकमा बाबुरामसित सहकार्य भएन, संघर्षमात्रै प्रधान रह्यो भनेर प्रचण्डले ढाँटे । बाबुरामसित संघर्ष चर्केका बेला प्रचण्ड सधैं असन्तुलित हुन्छन् । दुबै मिलेका बेला पार्टीमा पनि राम्रो र फलीफापै फलिफाप देखिने गरेको छ । तर, पार्टीको यो प्रगतिमा बाबुरामको पनि भूमिका छ भनेर प्रचण्डले कहिल्यै भनेनन् । उनी पार्टीमा किरणको ठूलो भूमिका छ भन्छन्, तर बाबुरामको भूमिका छ भन्दैनन् । त्यसैले पार्टी बाहिर जति राम्रो छवि बनाए पनि, जनयुद्धमा सबै कुरा समर्पण गरेर लागे पनि बाबुरामप्रति पार्टीभित्रैबाट कहिल्यै न्याय भएको पाइन्न ।
पार्टी जीवनबाटै अगाडि बढे पनि पार्टीभित्र बाबुरामलाई बुझ्दा ‘टेक्नोक्र्याट’का रुपमा मात्रै बुझ्ने गरियो । कोलम्बो प्लानअन्तरगत विदेशमा पढेको र पढ्दाका उनका साथीहरुको ‘र्याङकिङ’ हेर्दाखेरि मान्छेहरुले त्यसरी बुझ्ने गरेका हुन् । यो मान्छे बुर्जुवा हो र श्रम गर्ने जनताको यसले भावना बुझ्दैन भन्ने भ्रम पार्टीभित्रै जबरजस्तरुपमा पारिएको छ । यही भएर डा. भट्टराईले पालुङ्टारमा आफू गाउँले जीवनबाटै आएको भन्दै स्पष्टीकरण दिनुपरेको थियो ।
धोबीघाटको ‘भुत’
बाबुरामलाई साथ दिएवापत प्रचण्डसित संघर्ष गरिरहेको मोहन वैद्य पक्षले जतिबेला ललितपुरको धोबीघाटमा बाबुराम पक्षसित गठबन्धन गर्यो, यो घटनालाई प्रचण्डले आफ्नो नेतृत्व हत्याउन खोजिएको षड्यन्त्रका रुपमा लिए । सोही गठबन्धनका आधारमा मोहन वैद्यको साथ पाएर बाबुराम भट्टराई प्रधानमन्त्री बनेको विश्लेषणसमेत गरिँदै आएको छ । तर, धोबीघाटमा बाबुरामसँग मिलेर प्रचण्डलाई एक्ल्याउने उनै वैद्यले बाबुरामलाई दोष देखाउँदै यतिबेला प्रचण्डलाई छाडेका छन् । तर, प्रचण्डलाई धोबीघाटको ‘भुत’ले सधैं सताइरहेको प्रतीत हुन्छ । वैद्य पक्षका प्रभावशाली नेता विप्लवले बालुवाटारमै पुगेर गोप्यरुपमा बाबुरामसँग भेट गरेपछि प्रचण्ड फेरि तर्सिएका छन् । यसलाई प्रचण्डले धोबीघाटको नयाँ संस्करण पनि ठानेका हुन सक्छन् ।
साथ छाड्न माहिर छन् प्रचण्ड
प्रचण्डले विगतमा आलोक, रविन्द्र श्रेष्ठजस्ता आफू निकटस्थसित सहजै साथ छुटाएको नजीर पार्टीभित्र छ । पहिल्लो समयमा उनले वैद्य र बादलजस्ता नेताहरुलाई माया मारेका छन् । त्यसैले प्रचण्डले हारका श्रृंखलाहरु थपिँदै गएमा बाबुरामसितको साथ छाडेर फेरि मोहन वैद्यसँग हातेमालो गर्ने आँकलन पनि पार्टीभित्रकै नेता कार्यकर्ताहरुले गर्न थालिसकेका छन् ।
अब के होला ?
पछिल्लो समय प्रचण्ड र बाबुरामवीच जुनप्रकारको अविश्वास र दुरी देखिएको छ, यसको गन्तव्य पार्टी विभाजनसम्म पुग्नसक्ने देखिन्छ । एकथरिले बाबुरामसँग साथ छाडेर मोहन वैद्यसँग पार्टी एकता गर्न प्रचण्डलाई दबाव दिन थालिसकेका छन् । संष्ठनमा बाबुरामको पकड कम भएकाले खेलाडी प्रचण्डले कुनै दिन बाबुरामलाई छाडेर वैद्यसँग नजिक हुने रणनीति नअपनाउलान् भन्न सकिन्न । तर, प्रचण्ड र वैद्यलाई एकता गर्न नदिने मानिसहरु चाहिँ वैद्य र प्रचण्ड दुबै समूहमा छन् ।
जहिलेसम्म प्रचण्ड र बाबुराम मिलेर अगाडि बढेका छन्, त्यतिबेलासम्म एमाओवादी राजनीतिमा श्रेष्ठ देखिने गरेको छ तर, जब यी दुई नेतावीच विवाद चर्कन्छ, माओवादीले हार्ने गरेको छ ।
Itihans lamo vaya pani yi Nepali Rajnitika Netaharu sabai Chor hun.
Like or Dislike:
20
5
[जवाफ फर्काउनुहोस्]
बाबुराम लाई ता नेता होइन सक्षम गोठालो बानायर खचड़ लाई जस्तै कम्म जोताउनु पर्छ हो लल प्रचंड झक्की जसरी हुन्छ यसलाई ठाकन माँ ल्यौना पर्यो
चर्को मतभेद । तपाईलाई के लाग्छ?
30
31
[जवाफ फर्काउनुहोस्]
BABURAM LE ABB ARMY SANGA MILER YE SABI NETA LAI THICK PARNU PARCHA.
Like or Dislike:
14
2
[जवाफ फर्काउनुहोस्]
हाम्रो जस्तो असीक्छित र बुद्दि को खडेरी भएको देश मा बाबुराम जस्तो नेता र प्रधानमन्त्री पाउनु गर्व को कुरा हो , म माबोबादी हैन तर पनि मेरो समर्थन छ बाबुराम लाई … किनकी राम्रो गर्नेलाई राम्रो भन्नु पर्छ जस्तो लाग्छ ! रह्यो प्रचण्ड को कुरा उसलाई आरिस छ कतै बाबुराम उ भन्दा लोकप्रिय त हुने होइन भनेर …..
Well-loved. Like or Dislike:
28
3
[जवाफ फर्काउनुहोस्]
Pakhe prachnda aba laddne palo aaudy 6 dr. Baburam je matra 1 aasal politician neta hun salam baburam lai
Like or Dislike:
13
1
[जवाफ फर्काउनुहोस्]
जुन दिन प्रचन्डले किरण,बादल र सी पी लाई पाखा लगाउदै बाबुरामलाई काखी च्यापे उनको अन्त्य तेही समयमानै निश्चित भएको हो !अझै
केहि बिग्रिएको छैन ,बाबुरामलाई फकाएर किरणहरुसंग पार्टी एकता गरे प्रचण्ड को राजनीति जिउदो रहन सक्छ १होइन भने या त उनले बाबुरामको मातहत मा रहेर काम गर्नु पर्छ या उनको राजनीति समाप्त हुन्छ १जनयोउद्ध कालिन पार्टी नेत्रीतोनै माओबाधिहरुको लागि उत्तम हुन्छ !!!
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
prachanda corko karan yastai vo deshkohalat
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Baburam lai sath 6adyo vane prachanda ko rajnitik jiban samapta hun6.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
पार्टी भित्र को को के के स्वार्थमा छन भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।को स्वार्थी र को निस्वार्थ राजनीति गरिरहेको छ भन्ने कुरा पनि ऐना सामु जस्तै छर्लङ्ग छ ।तर यि दुबै फुटे देस र जनताका लागी दुर्भाग्ज्ञ हुनेछ ।साना गल्ती त जस्का पनि हुन्छन तर गल्तिलाई नदोहोर्याउनु बुद्दिमानी हो ।सोचेर अगाडी बढ्नुहोस कमरेडहरु
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
भाडो तिमीहरु कै हो बजाउने कि सजाउने काम पनि तिमीहरुकै हो।
कस्लाई छ यहा देशको चिन्ता
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेपालको परीवेशमा आज एक कुशल शासकको जरुरत छ । बिगतका ४ बर्षमा धेरै प्रधानमन्त्री आए जनताले के पाए ? जसो तसो नहुनु भन्दा हुनु राम्रो भने झै बाबुराम सरकारले जे गर्दै छ आजको समयमा नेपालको माग हो यहाँ बहुदलिय भन्दा एक दलिय शान प्रणाली हुन जरुरी छ । त्यसैले बाबुराम जि जसरी हुन्छ २०-३० बर्षा शासन चलाएर नेपाललाई सम्रिद बनाउने तिर लग्नुस बरु यसको निम्ती कहिले मधेसबादिहरु सग कहिले बैध्य सग कहिले एमाले सग कहिले प्रजातन्त्र सग जरुरत परे ज्ञानेन्द्र सग शहकार्य गरेर पनि शासन नछोड राम्रो काम गर्दै जाउ राजनीतिमा पनि फस्ट नै हुने छौ
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Kunai pani halat ma susil lai sarkar dina hudaina. Kinaki baburamle gareka ramra kam haru susil le sabai ultai dine 6. Chunab garaune mudma pani 6aina voli arko sankat au6.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
lekh ramro chha tara….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
des r rastra bachematra netaharuko aastitywa rahan6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
baburam anya neta vanda tap 6n tara yin ko yaha mulyankan 6in mananiya p.m.tapai yaha janminu geography mistake ho vane tapai aafnai lagi abhishap ho desh ra janta ka lagi bardan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]