अहिलेको युवा पुस्ता फेसबुक तथा टि्वटर जस्ता सोसल नेटवर्किङ साइटको पारखी नै बनिरहेको छ ।
युवा पुस्ता र सोसल नेटवर्किङ साइट पर्यावाची जस्तै बनेको छ र युवा पुस्ता फेसबुक तथा टि्वटर जस्ता सामाजिक संजाललाई आफ्नो जिवनशैलीको अभिन्न अंग बनाउँदैछ ।
सोसल नेटवर्किङ साइटका फाइदा आफ्ना ठाउँमा छन् तर यसको अत्यधिक प्रयोगले नकारात्मक असर पूराउँछ ।
सोसल साइटको अत्यधिक लतले सामाजिक, मानसिक तथा शारीरिक समस्याहरु पैदा गर्छ । आखिर सोसल साइटमा सधै झुण्डिरहने बानीले कस्तो असर पूराउँछ त ?
सामाजिक संजालको लतमा फसेका युवापुस्तामा छिटै रिसाउने बानीको विकाश हुने खतरा हुन्छ ।
जंग फूड तथा स्न्याक्सले पेट भर्ने लत बस्छ र स्वस्थ खानाप्रति रुची घट्छ ।
आत्मनियन्त्रण गुम्दै जाने खतरा हुन्छ ।
किन हुन्छ यस्तो ?
अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा विज्ञहरुले सोसल नेटवर्किङ साइटको अत्यधिक प्रयोगबाट व्यक्तिको मानसिक तथा सामाजिक अवस्था र व्यवहारमा नकारात्मक असर पूराउने ठहर गरेका छन् । सामाजिक संजालले व्यक्तिको सामाजिक दायरा बढाउने सकारात्मक प्रभाव परेपनि यसको अत्यधिक प्रयोगबाट मानिसमा आत्मनियन्त्रण गुम्ने र अनियन्त्रित व्यवहार प्रदर्शन गर्ने जस्ता समस्या देखा पर्छन् । सोसल साइटको लतमा फसेपछि मानिस बढि खर्चालु बन्ने र ऋण काढीकाढी मस्ती गर्ने प्रवृत्तिको बन्दछ । किनकी सोसल साइटबाट मानिसले देखासिकी गर्दछ ।
यतिधेरै नकारात्मक असर हुँदाहुँदै पनि विश्वमा खासगरी युवायुवतीमा सोसल साइट एक अम्मलकै रुपमा विकाश भैरहेको छ । हुनत यसका नकारात्मक असर पनि देखिन नथालेका होइनन् । विभिन्न अध्ययनले फेसबुकका कारण समाजमा डिभोर्सको दर बढेको देखाएका छन् ।
यावत् खतराबाट पाठ सिक्दै सामाजिक संजालका प्रयोगकर्ताहरु चनाखो बनेर यस्ता संजाललाई आफ्नो अनुकुलमा प्रयोग गर्नुपर्छ र लामो समयसम्म साइटमै झुण्डिइरहने आदत त्याग्नुपर्छ ।
sahi hola vannu parda malai ni yastai hunx thanks
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo sabai waiwat kuro dekhi wakka lagchha. ke 21 satabdima enternet ra facebook bata alag basne, k lekhya ho yasto?
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
yo pani thikai kura ho
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yo kura ta sahi ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]